पोखराको रामबजारमा ७ तोला सुन र नगद १ लाख चोरी

पोखरा, ८ भदौ / पोखरामा चोरीका घटना बढिरहेका बेला बुधबार दिउँसो पोखराको रामबजारको एक घरमा चोरी

भएको छ । पोखरा १५ रामबजार, मिलन मार्ग निवासी दिलकुमारी विकको घरबाट चोरले साढे ७ तोला सुन ४

तोला चाँदी र नगद १ लाख रुपैंया चोरेको पीडितले बताएकी छिन् ।

उनका अनुसार बुधबार दिउँसो करिब २ बजेको समयमा घरमा कोहि नभएको मौका छोपी चोरी भएको हो ।

चोरको खोजी गरी उचित कारवाही गरिदिन पिडित विकले कास्की प्रहरीमा उजुरी दिएको बताएकी छन् ।

चोरी गर्ने व्यक्तीको खोजीका लागि सक्रिया बढाएको कास्की प्रहरीले जनाएको छ । चाडपर्वको समय नजिकिदै

गर्दा पोखरामा चोरीका घटनाहरु बढेका छन् ।

कमेन्टहरु
Loading...