सेती बाँध फुट्यो, २.५ मेगावाट विद्युत ठप्प, दुई हाइड्रोपावर बन्द

सागर राज तिमिल्सिना
पोखरा, २ भदौ/पोखराको सिचाई र विद्युत उत्पादनका लागि निर्माण गरिएको सेती नदीको बाँध गए राति बाढीले बगाउँदा दुई वटा हाइडोपावर बन्द भएका छन् । पानीबाट सेती फेवा जल विद्युत आयोजनाले १.५ र ट्राक्स हाइडो«पावर १ मेगावाट गरी २.५ मेगावार्ट विजुली उत्पादन बन्द भएको छ । पानी बन्द भए पछि नहर ठप्प हुदा सिंचाई समेत बन्द भएको छ ।

सेती बाँध फुट्यो, २.५ मेगावाट विद्युत ठप्प, दुई हाइड्रोपावर बन्द
सेती बाँध फुट्यो, २.५ मेगावाट विद्युत ठप्प, दुई हाइड्रोपावर बन्द

नहरमा पानी नभए पछि सयौं हेक्टर खेती योग्य जमिन सिचाईबाट बंचित भएको हो । जसका कारण विद्युत उत्पादन बन्द हुदाँ दैनिक ८ लाख रुपैया घाटा भएको छ । २०४२ सालमा चीन सरकारले १३ सय हेक्टर जमिनको सिचाई र सेती फेवा जल विद्युत केन्द्र संञ्चालनका लागि निर्माण गरेको भए पनि सयममा मर्मत हुन नसक्दाँ नहरको बाँध नै बाढीले बगाएको हो ।

सो बाँध, उर्जामन्त्रायलले हेर्ने कि सिचाईले भन्ने सरकारको अख्तियारिता नहुदाँ मर्मत कसले गर्ने अन्योल भएको सेती फेवा जल विद्युत केन्द्रका निम्ति कार्यालय प्रमुख जीवन कार्कीले बताए । पानीबाट सेती फेवा जल विद्युत आयोजनाले १.५ र ट्राक्स हाइडो« पावरले १ मेगावार्ड गरी २.५ मेगावाट विजुली उत्पादन बन्द भएको बताए ।

आयोजना बन्द हुदाँ दैनिक ८ लाख रुपैया क्षति भएको उनले बताए । सेतीको बाध बाढीले भत्काए पछि मालेपाटन, फुलबारी, चाउथे, भद्रकाली, कुडहर लगायतका १३ सय हेक्टर बढीको जमिन सिचाईबाट बंचित भएको छ हिउँदको सयममा विजयपुर सम्म सिचाई हुँदै आएको थियो ।

पोखरा जल उपयोग तथा सिचाई प्रणाली उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद गौतमले छिटोभन्दा छिटो बाध निर्माण गर्ने बताए । यस अगाडि नै बाध जोखिममा भएको भन्दै सम्बन्धीत निकायमा कृषकहरुले आवाज उठाउदाँ पनि ध्यान नदिएको हुँदा बाध भत्किदाँ कृषकलाई ठूलो मर्का परेको बताए ।

कमेन्टहरु
Loading...