पोखराको सेदीबगर देखि सराङकोट केबुलकार भदौदेखि

पोखरा, १० असार /पोखराको सेदीबगर देखि सराङकोटसम्म चल्नेगरी आगामी भदौदेखि केबुलकार निर्माणको काम थालिने भएको छ । पोखरा उपमहानगरपालिका २६ सेतीबगरदेखी सराङ्कोटसम्म २ दशमलव २ किलोमिटर लामो केबुलकार निर्माणको प्रक्रिया अगाडी बढेको हो ।

पर्यटकीय नगरी पोखरामा अन्नपुर्ण केबलकार प्रालिले पर्यटक तथा स्थानीय बासिन्दालाई लक्षित गरी सराङकोटसम्म केबुलकार निर्माण गर्ने भएको हो । सराङकोटमा सुविधा सम्पन्न होटल निर्माण गरिरहेका टाकासी मियाहराले होटललाई समेत लक्षित गरेर केबुलकार निर्माण गर्न लागेका हुन् । केबुलकार निर्माणका लागि करिब ६० करोड रुपैंया लागत अनुमान गरिएको छ ।

निर्माण सुरु भएको १८ महिनाभित्रै केबलकार सञ्चालन गर्ने लक्ष्य राखिएको यो आयोजना मनकामना केबुलकारको संचालक संस्था चितवन कोर्इले निर्माणको जिम्मा लिएको छ । केबुलकार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तीको काम अन्तिम चरणमा पुगको निमार्ण पक्षले जानकारी दिएको छ । केबलकार लागि आवश्यक पर्ने सामग्री भने जापानको निपोन केबल कम्पनीबाट आपूर्ति हुनेछ ।

केबुलकार सञ्चालन भएपछि दैनिक १३ सय भन्दा बढी यात्रुले सेवा दिन सकिने कम्पनीले जनाएको छ । समुन्द्र सतहदेखि करिब १६ सय मिटर उचाईमा रहेको सराङ्गकोटमा जान आउन केबुलकारमा १६ वटा डिब्बाहरु रहने छन् । एउटा डिब्बामा ८ जनाको संख्यामा यात्रुहरु अट्नेछन् भने केबुलकारका लागि १३ वटा टावर निर्माण गरिने कम्पनीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...