पोखरा महानगरमा मयेरका उमेद्वार छनौट हुदै, केहीले गरि केही दल बाँकी

पोखरा, १८ वैशाख /वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा विभिन्न पार्टीहरुले उमेद्वार छनौट गरेका छन् । मेयरमा नेपाली काग्रेसबाट नरेस शंकर पालिखे र एमालेबाट मानबहादुर जिसीलाई चुनावी मैदानमा उत्रिने भएका छन् । त्यसै गरि उपमेयरमा काग्रेसबाट चन्द्रावति पौडेल र एमालेबाट मञ्जुदेवि गुरुङले चुवान लड्ने भएका छन् ।

कांग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेस शंकर पालिखेलाई जिल्ला समितिले सिफारिस गरेका ३३ लाई पछि पार्दै मयेरमा दाबेदारी प्रस्तुत गरेका हुन् । ३३ जनाबाट केन्द्रिय समितिले उमेद्वारको टुङ्गो लगाएको हो ।नेपाली कांग्रेसको क्षेत्रीय समितिले जिल्ला समितिलाई पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा १५ जनाको नाम सिफरिस गरेकोमा सबै नाम जस्ताको त्यस्तै केन्द्रिय समितिमा पठाइएको थियो ।

मेयर उमेद्वारी दिन लागेका पालिखे त्रिभुवन विश्वविद्यालयक एविए २०४५ सालका नेपालभरबाट स्वर्णपदक विजेता, यसअघि २०४९ सालमा साविकको पोखरा उपमहानगरपालिकाको उपमेयर भैसकेका ब्यक्ति हुन् । पौडेल स्व रामजी पौडेल बादलकी धर्मपत्नी हुन् । बादलको लेखनाथमा २०७२ साउन २८ गते राती कांग्रेस कार्यकर्ताले नै हत्या गरेका थिए । त्यसै गरि नेकपा एमालेले स्थायी समितिको बैंठकले मेयरमा मान बहादुर जिसी र उपमेयरमा मञ्जुदेवि गुरुङलाई उठाउने निर्णय गरेको हो ।

मेयरका उमेदवार जिसी केन्द्रिय समितिका बैकल्पिक सदस्य एबं पूर्व एमाले कास्कीका अध्यक्ष हुन् । उनी पार्टीको जिल्ला इन्चार्ज पनि हुन् । जिसी यसअघि सुकुम्वासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष समेत भएका थिए । उनी साविकको कालिका गाविसका पूर्व अध्यक्ष र गाउँ विकास समिति महासंघका पूर्व केन्द्रिय सदस्य पनि हुन् ।

उप मेयरकी उमेदवार गुरुङ अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष एबं जिल्ला कमिटिको सदस्य हुन् । एमाले कास्कीले सहमतिमा उमेदवारको टुङ्गो नलागेपछि बैशाख ८ गते आन्तरिक निर्वाचन मार्फत मेयरमा एक महिला सहित तीन र उपमेयरमा तीन जनाको नाम छनोट गरी प्रदेशमा सिफारिस गरेको थियो ।

त्यस्तै राप्रपाले पनि मेयरमा गीता गुरुङ र उपमेयरमा रमेश खत्रीलाई अघि सारेको छ । पोखरा लेखनाथ महानगरपालिकाका लागि अन्य अन्य दलहरु पनि उमेद्वार छनौटमा व्यस्थ रहेका छन् ।

कमेन्टहरु
Loading...