पोखरामा मोटरसाइकल तोडफोड

सागर राज तिमिल्सिना
पोखरा, १० साउन/नेकपा माओवादीको बन्दको क्रममा मोटरसाइक चलाएको भन्दै बन्द कर्ताले पोखरामा एउटा मोटरसाइकललाई तोड्फोड् गरेका छन् ।

पोखरामा मोटरसाइकल तोडफोड तस्बिर ः एवि आस्था मगर
पोखरामा मोटरसाइकल तोडफोड तस्बिर ः एवि आस्था मगर

पोखराको सृजनाचोकमा ग १० प ७३ नम्बरको मोटरसाइकलमा बन्दकर्ताले तोडफोड गरेका छन् । मोटरसाइकल चालक गोविन्द पौडेललाई इट्टा प्रहार गरि बन्दकर्ता भागेको प्रत्यक्ष दर्शीले बताएका छन् ।

तोड्फोडबाट मोटरसाइकलको ट्याङकी कुचिएको छ । बन्दकर्ता चार जनाको समुहमा रहेको प्रहरीले बताएको । तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई प्रक्राउ गरेको छ ।

कमेन्टहरु
Loading...