देशकै ठुलो महानगर पोखरामा मयेर र उपमयेर बन्नेको हानथाप

सागर राज तिमिल्सिना
पोखरा, ८ बैशाख /वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि देशकै ठुलो पोखरा लेखनाथ महानगरपालिकामा टिकट लागि नेता आफ्नो पक्षमा पर्न कसिएका छन् । चुनावी माहोल बढ्दै जाँदा राजनीतिक दलमा उम्मेदवार चयनको चासो सबैमा छ । दलले आधिकारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि सम्भावित उम्मेदवारको चर्चा यतिबेला बजार, चोक, चियापसल, होटल, रेस्टुरेण्ट जताततै छ । दलका प्रभावशाली नेता नै पोखराको प्रमुख र उपप्रमुखको उम्मेदवारको चर्चामा छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका नेता कार्यकर्ताबीच मेयर र उपमेयर उम्मेदवारको चर्चा बढेको छ । कांग्रेसभित्र महानगर प्रमुखका लागि १० बढिको चर्चा छन् । रामजी कुबँर, महादेव गुरुङ, देवराज चालिसे, अशोक पालिखे, बिन्दुकुमार थापा, सुदिप मोहन भट्टराई, ऋषि काफ्ले, बजीरमान श्रेष्ठ रहेका छन् ।  मेयर बन्न जसले इच्छा प्रकट गरेपनि पार्टीले जनतामा भिजेको र राम्रो छबि भएकोलाई उमेद्वार बनाउने नेपाली काग्रेस कास्का सभापति कृष्ण केसी । उनले बैशाख १० गते भित्र टुङगो लगाइसक्ने तयारीमा लागेको बताए ।

नेकपा एमालेभित्र पनि आकाक्षीको कुनै कमि छैन । पार्टी अध्यक्ष तथा पूर्वमेयरसमेत रहेका कृष्ण थापा, मानबहादुर जिसी, श्रीनाथ बराल, राजीव पहारी, र धनराज आचार्यको चर्चामा छन् । पार्टीको नियम बमोजिम तीनजनाको नाम केहि दिनमा केन्द्र पठाउने तयारी भइरहेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए । उनले मेयर उपमेयर छनौटका लागि निर्वाचनबाट उमेद्वारको टुङगो लगाउने बताए ।

माओवादी केन्द्रमा पनि मेयरका आकांक्षी धेरै छन्। माओवादी केन्द्र कास्की अध्यक्ष दीपक कोइराला, पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, नेताहरू कोमलनाथ बराल, झलकपाणि तिवारी, रामजी बराल लगायतले महानगर प्रमुखमा उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।

त्यस्तै उपमेयरमा पनि अहिले चर्चा बढेको छ । उपमेयरमा दलले बढीजसो महिलालाई अघि सारेका छन् । कांग्रेसभित्र उपमेयरमा महिला संघ कास्की सभापति कोपिला रानाभाट, महाधिवेशन प्रतिनिधि खिमकुमारी बराल र कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डेको चर्चा छ। त्यस्तै एमालेमा कास्की उपमहासचिव प्रभा कोइराला, अखिल नेपाल महिला संघ कास्की अध्यक्ष मञ्जु गुरुङसहित देवका पहारी, मीना गुरुङ र नेत्रकुमारी सुवेदी गुरुङको चर्चा छ । माओवादी केन्द्रबाट निर्मला न्यौपाने र कन्चन खनालको नाम अगाडी आएको छ ।

स्थानीय तह पुर्नसंरचान पछि पोखरा देश कै ठुलो सहर बनेको छ । पोखरा उपमहानगर पालिका, लेखनाथ नगरपालिका र केही गाविस समेटेर बनेको पोखरा लेखनाथ महानगरपालिका देश कै ठुलो सहर बनेको हो । पोखरा लेखनाथ महानगरपालिकामा नेपालि कांग्रेस र नेकपा एमालेको मुख्य प्रतिस्पर्धा हुनेछ । ३३ वटा वडा रहेको महानगरमा अहिले राजनीतिक दलहरु वडा अध्यक्ष र अन्य पदका लागि उमेदबार चयन गर्न ब्यस्थ छन् । कास्कीका कुल दुई लाख २४ हजार आठ सय नौ जना मतदाता मध्ये पोखरालेखनाथ महानगरपालिकामा एक लाख ६८ हजार ६७ जना मतदाता रहेका छन् ।

कमेन्टहरु
Loading...