पोखरामा ग्यासको कालोबजारी गर्ने पक्राउ

पोखरा, ९ वैशाख/पोखराका एक व्यवसायीलाई प्रहरीले ग्यासको कालो बजारी गरेको आरोपमा पक्राउ गरेको छ ।

पोखरा ८ सृजनाचोकका बिष्णु प्रसाद गौतमलाई प्रहरीले पक्राउ गरेको हो । दाजु गौतम किचन स्टोर्समा बढी मुल्य लिई ग्याँस सिलिन्डरहरु बिक्री बितरण गरी कालोबजारी गरिरहेको सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ग्यास सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार विहान जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोलीले पसलमा चेकजांच गर्दा अवैध रुपमा ग्यांसको जम्माखोरी तथा कालोबजारी गर्दै गरेको अवस्थामा फेला पारीको प्रहरीले जानकारी दिएको छ ।

पसलबाट लुकाई छिपाई राखेको भानु ग्यांसका भरी सिलिण्डर ९ वटा सहित पसलका संचालक बिष्णु प्रसाद गौतमलाई पक्राउ गरी कालो बजारी तथा अन्य केही सामाजिक अपराध मुद्धामा कास्की जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ

कमेन्टहरु
Loading...