पोखरा एफ एम र लायन्स टुरिजम सिटीको रक्तदानमा ८१ युनिट रगत संकलन

पोखरा, २७ चैत्र/लायन्स क्लब अफ पोखरा टुरिजम सिटी तथा पोखरा एफ एमको संयुक्त आयोजनामा शनिबार पोखरामा सम्पन्न रक्तदान कार्यक्रम ८१ युनिट रगत संकलन भएको छ । एफ एमका प्रमुख कार्यकारी अधिकृत उत्तममान बुद्धाचार्यको अध्यक्षतामा भएको कार्यक्रममा  लायन्स क्लब अन्तराष्मिट्रयका पुर्व मल्टिपल काउन्सिल चियरपर्सन लायन प्रेमबहादुर श्रेष्ठले पहिलो रक्तदाता शसस्त्र प्रहरी बल कालिका गण मालेपाटनका नायब निरिक्षक भिमबहादुर क्षेत्रीलाई ब्लडब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।

पोखरा एफ एम र लायन्स टुरिजम सिटीको रक्तदानमा ८१ युनिट रगत संकलन
पोखरा एफ एम र लायन्स टुरिजम सिटीको रक्तदानमा ८१ युनिट रगत संकलन

कार्यक्रममा पिएमसिसि लायन पे्रमबहादुर श्रेष्ठले लायनबादले समाजसेवाको आवश्यकतालाई पुरा गर्ने हुनाले युवाहरुलाई निस्वार्थ भावनाले समाजमा जहाँ सेवाको खाँचो पर्छ त्यहाँ उपस्थित भएर आफुले सक्ने सेवा गर्नका लागि आह्वान गरे । उनले रक्तदान जस्तो पवित्र कार्य हरेक ३–३ महिनामा गर्नाले आफ्नो स्वास्थ्यलाई पनि फाइदा पुग्नुका साथै रगतको आवश्यकता परेका बिरामीको ज्यान पनि बच्ने हुँदा यस्ता कार्यमा सबैजनाको सहभागीता हुनुपर्ने बताए ।

एफएमका प्रमुख कार्यकारी अधिकृत उत्तममान बुद्धाचार्यले एफएमले आफ्नो स्थापनाकाल देखि नै सामाजिक कार्यमा आफ्नो अतुलनिय भुमिका निर्बाह गर्दै आएको स्मरण गर्दै लायन्स क्लब जस्तो सामाजिक संस्था संग सयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्न पाएको मा खुसी ब्यक्त गरे । क्लबका अध्यक्ष लायन प्रदिप कुँवरले क्लब स्थापना भएको बर्षदिन भएपनि क्लबले गर्नपर्ने सामाजिक कार्यहरु तदारुकताका साथ निस्वार्थ भावनाले गरिरहेको बताए ।

उनले क्लबका कार्यहरु सफल हुनमा क्लबमा युवाहरुको टिम भएको बताउदै सम्पुर्ण युवाहरुले आ–आफ्नो स्थानबाट समाज प्रति गर्नुपर्ने कर्तब्य पुरा गर्नुपर्ने बताए । क्लबका बर्ष २०१६–१७ का इलेक्ट पे्रसिडेण्ट लायन सुदिप पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा पोखरा एफ एमका स्टेशन इन्चार्ज सन्जय मल्ल, लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका जोन चियरपर्सन कृष्ण अधिकारी , ओम डेमलभमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी, लायन्स क्लब अफ पोखरा बिन्दबासिनीका अध्यक्ष कमला गिरी , रक्त सञ्चार केन्द्र पोखराका ध्रुब लामिछाने लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...