चिप्लेढुंगामा बृहत सरसफाई

पोखरा ,२५ असार /चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले पोखरा उपमहानगरपालिका वडा न ४ , ८ र ९ स्थित चिप्लेढुंगा देखि सिद्धार्थचोक सम्म सरसफाई गरेको छ ।

सरसफाई कार्यक्रमबाट संकलित दुई ट्रक फोहोर नगरपालिका र वातावरण सुन्दर नेपालको गडीले उठाएको थियो । पोखरा उप महानगरपालिकाले पोखराको मुख्य बजार क्षेत्र भित्र फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा बटुवा र त्यस वरपर व्यपार गरेर बस्ने व्यापारीहरुलाई पनि असर परे पछि सफाई अभियान अगाडी बढाएको समितिका अध्यक्ष्य डी बी भुजेलले जानकारी दिए ।

चिप्लेढुंगामा बृहत सरसफाई
चिप्लेढुंगामा बृहत सरसफाई

पोखराको सुन्दरतालाई बचाई राख्न र फोहोरमैला व्यवस्थापन गर्नका लागि पनि यस्ता कार्यक्रमहरु गर्न जरुरी रहेको सचिव मोती भुजेलले बताए । कोषाध्यक्ष लक्ष्मण न्यौपानेको संयोजकत्व एवं चिप्लेढँुगा टोलसुधार समिति र बाल क्ल्बको सहयोगमा कार्यक्रम सम्पन भएको थियो ।

कमेन्टहरु
Loading...