पोखराबाट पनि एक जना नक्कली डाक्टर प्रक्राउ

पोखरा, ५ असार /नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम सार्वजनिक आइतबार सार्वजनीक गरेको छ । सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर सञ्चालन गरेको कारवाहीमा पोखरामा कार्यरत एक डाक्टर पनि परेका छन् ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरि आवश्यक कारवाही सुरु भएको सिआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार काठमाडौंमा ८ पुरुष र ५ महिला गरी १३ जना पक्राउ परेका छन् ।

यसैगरी पर्साबाट ९, चितवनबाट ३, ललिपुरबाट २, धनुषाबाट २ सुनसरीबाट १, झापाबाट एक र पोखराबाट एक जना पक्राउ परेका छन् । पोखराको मेरी स्टोप सेन्टरमा कार्यरत महेश्वर राय यादब रहेका छन् । सर्लाही जिल्ला बसन्तपुर ५ घर भई हाल पोखरा बस्दै आएका यादबलाई सिआइबीले प्रक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...