पोखरामा दिनहुँ असिना पानी, करिब १० करोडको क्षेती

सागर राज तिमिल्सिना
पोखरा, २३ चैत /कास्कीमा विगत केही दिन देखि परेको असिना पानीले करिब १० करोडको क्षेत्री भएको छ । जिल्ला कृषि कार्यालय कास्कीले दिएको जानकारी अनुसार कास्कीका विभिन्न क्षेत्रमा लगाएको तरकारीबाली र मकै खेतीमा असिना पानीले क्षेती पु¥याएको छ ।

असिना पानीले २६ हेक्टरमा लगाएको मकै खेतीमा करिब ४ करोडको क्षेती पु¥याएको जिल्ला कृषि कार्यालय कास्कीका प्रमुख लोकन्द्र बोहोराले जानकारी दिए । उनले २६ हेक्टरमा ३० प्रतिशत क्षेती पु¥याएको बताए । त्यसै गरि करिब साढे ४ करोडको तरकारी बालीमा क्षेती पु¥याएको छ भने अन्य खेती र बालीमा करिब १ करोडको क्षेती पु¥याएको उनले बताए । २ सय ६५ हेक्टरमा लगाएको तरकारी खेतीमा ६० प्रतिशत क्षेती पुगेको बताए ।

मुख्य गरि कास्कीको धम्पुस, धिताल, पुरुन्चौर, हेम्जा लगाएका ठाउँमा बढि नोक्सान गरेको उनको भनाई छ । हावापानी कार्यालयका पोखराका अनुसार पछिल्ला पाँच दिनमा १ सय ८ मिलिलिटर पानी परेको छ । प्रि मन्सन सुरु भएका कारण असिना पानी सहित वर्षा हुने हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले बताए । उनले मार्च, अपिल र मे महिना प्रि मन्सुनको महिना भएको बताए । उनले यो समयमा असिना, पानी र चट्याङ पर्ने बताए ।

कमेन्टहरु
Loading...