रोट्याक्ट क्लब अफ पर्वत पोखराद्धारा वास्यायन वृद्धाश्रममा दर

पोखरा, १८ भदौ/रोट्याक्ट क्लब अफ पर्वत पोखराको आयोजनामा शुक्रबार पोखरा १७ छिनेडाँडा बाच्छीबुडुवामा रहेको वास्यायन वृद्धाश्रममा रहेका १५ जना वृद्धवृद्धाहरुलाई दर खुवाई लत्ता कपडाहरु वितरण गरिएको छ ।

रोट्याक्ट क्लब अफ पर्वत पोखराद्धारा वास्यायन वृद्धाश्रममा दर
रोट्याक्ट क्लब अफ पर्वत पोखराद्धारा वास्यायन वृद्धाश्रममा दर

आपसी सद्भाव र आत्मीयताको भावना बढाउने उद्धेश्यका साथ नेपालीहरुको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा वृद्धाश्रममा रहेका बाबु आमाहरुको सम्मानको लागि सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा रोट्याक्ट क्लबका जेडआरआर सन्जिप पौडेलले स्थापना भएको छोटो समयमानै रोट्याक्ट क्लब अफ पर्वत पोखराले अनुकरणीय सामाजिक कार्यहरु गरेको बताउँदै रोट्याक्ट क्लबहरु सदैव दिन दुखीहरुको सेवामा समर्पित भएको बताउनुभयो ।

कार्यक्रममा रोट्याक्ट क्लब अफ पोखरा फिस्टेलका सचिव प्रतिभा के.सी,रोट्याक्ट क्लब अफ पर्वतका उपाध्यक्ष सुप्रिम प्रसाई,सदस्य सुष्मा प्रसाई,वृद्धाश्रममा सचिव ललित बानियाँ लगायतले बोल्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष सुदीप प्रसाई ठकुरीको अध्यक्षता,सदस्य रबिन प्रोखेलको स्वागत र सचिव साइमन क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...