पोखरा पछि काठमाडौमा पनि ’प्लास्टिक सडक’

पोखरा, ३ जेठ/पोखरा करिब एक वर्ष पहिले प्लास्टिक प्रयोग गरी सडक पिच गरेको थियो । त्यही समुहले काठमाडौंको कीर्तिपुर नयाँ बजारमा प्लास्टिक मिसाएर कालोपत्रे गरिएको सडक ।

एक वर्षदेखि धूलाम्मे र खाल्डाखुल्डीले अस्तव्यस्त कीर्तिपुर, नयाँ बजार सडक बुधबार कालोपत्रे गरेको हो । यस सडकमा कालोपत्रेमा अलकत्रा र गिटीबालुवासँगै चाउचाउ, बिस्कुट, पराग, चक्लेट लगायत विभिन्न ’जंकफुड’ का प्लास्टिक खोलसमेत मिसिएका छन् ।

सहर प्रदूषित पार्ने यी प्लास्टिक खोल बटुलेर, मेसिनले टुक्राटुक्रा पारेर, पगालेर, अलकत्रा र गिटीबालुवासँग मिसाएर सडक कालोपत्रे गरिएको हो ।

’प्लास्टिक सडक’ बनाउने अभियान पोखराबाट सुरू भएको थियो । पोखराका दुई युवा इञ्जिनियर र केही व्यवसायीले नौ महिनाअघि नेपालमै पहिलोपटक ’प्लास्टिक सडक’ बनाएका थिए ।

मेकानिकल इञ्जिनियर विमल बास्तोला, सिभिल इञ्जिनियर राजीव सुवेदी सहित सञ्जीव बास्तोला, अजय केसी र निराजन घिमिरे छन् । उनीहरू ’ग्रिन रोड वेस्ट म्यानेजमेन्ट’ कम्पनीमार्फत् काम गरिरहेका छन् ।

करिब दुई सय मिटरको नयाँ बजार सडकमा पाँचदेखि बाह्र प्रतिशत प्लास्टिक मिसाइएको छ । मेकानिकल इञ्जिनियर विमलका अनुसार ६ सय किलो प्लास्टिक खोल प्रयोग भएका छन् ।

यो विधिमा प्लास्टिक खोलहरूलाई मसिनोसँग काटेर १ सय ७० डिग्री तातो गिटीबालुवामा हालिन्छ। तातो गिटीमा परेपछि प्लास्टिकका टुक्रा पग्लिन्छन्। गिटीमै टाँसिदै–मिसिँदै जान्छन्। त्यो मिश्रण अलकत्रामा हालिन्छ । त्यही घोलबाट सडक कालोपत्रे गरिन्छ ।

यसरी प्लास्टिक प्रयोग गरेपछि ढुंगा र कोइलाको जोड सामान्यभन्दा मजबुत हुने उनी बताउँछन् ।

प्लास्टिक पेलेर पोखरामा सडक पिच

प्लास्टिक पेलेर सडक पिच

प्लास्टिक पेलेर सडक पिच

Posted by AP1TV on Friday, July 20, 2018

कमेन्टहरु
Loading...