पहिरोले सडक र विद्युत अवरुद्ध भएपछि, स्थानियवासी प्रशासनको दैलोमा

पोखरा, २४ भदौँ/लगातारको वर्षा पछि पोखरा—१९ र २८ का विभिन्न क्षेत्रमा भएको क्षतिका बारेमा स्थानियवासीले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

बुधबार आएको पानीले अमलाविसौनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडक, भूनपरे वेशीचोक घार्मी ग्रामिण सडक र महेन्द्र गुफा घार्मी ग्रामिण सडकमा पहिरोले पु¥याएको क्षति र यातायात सेवा अवरुद्ध भएको भन्दै स्थानियवासीले पोखराउपमहानगरपालिका, जिल्ला विकास समिति, नेपाल विद्युत प्राधिकरण पोखरा शाखा र पोखरा बस व्यवसायी समितिको ध्यानाकर्षण गराएका छन् ।

पहिरोले सडक अवरुद्ध भएको र विद्युत सेवा समेत प्रभावित भएकोतर्फ जानकारी गराउँदै चाँडो सेवा सञ्चालन गर्न आग्रह गरेका छन् ।स्थानियवासी धर्मराज आचार्य, डिल्लीराम पौडेल, शालिग्राम आचार्य, बज्रमोहन पौडेल, विष्णु आचार्य, भरत आचार्य, शिव पौडेल, राजकूमार पौडेल सहितको टोलीले सम्बन्धित कार्यालयका प्रमुखलाई भेटी क्षतिको अवगत गराएका हुन् ।

पहिरोका कारण त्यस क्षेत्रका तीन वटै ग्रामिण सडक अवरुद्ध भएको छ भने विद्युत सेवा समेत ठप्प भएको छ । पहिरोले मानविय क्षति नभएपनि विद्युत वितरणका लागि राखिएको ट्रान्समिटर पहिरोले पुरेको छ । त्यस्तै वेथेखोलाका चुडामणि परियार, घार्मीका ऋषिराम पौडेल, एकनाथ अधिकारी, धर्मराज पौडेल र नारायण वि.क.को घर र गोठमा क्षति पु¥याएको छ ।

कमेन्टहरु
Loading...