चार दिन देखि बेपत्ता महानगरका बरिष्ठ अधिकृत अझै बेपत्ता

पोखरा, १२ असार /चार दिन अगाडी देखी बेपत्ता पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल अझै पनि फेला गरेका छैनन् । उनको खोजी कार्य निरन्तर भएपनि पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

पौडेल सिसिटिभी क्यामेरामा महेन्द्रपुलबाट कटेको भिडियो देखिएपछि प्रहरीले शंकाको भरमा सेती किनारमा खोजी गरिरहेको छ । शनिवार विहान ५ बजेतिर घरबाट निस्किएका उनी केहीबेरपछि महेन्द्रपुल पुगेका थिए ।

पौडेल महेन्द्रपुल पुगेको भिडियो सिसिटिभी क्यामेरामा कैद भएको छ । सेतीमा खोजी गर्ने क्रममा आईतबार सेती ड्याम समेत खोलिएको थियो । त्यसपछि पनि उनी फेला परेनन् । प्रहरीले खोजी भैरहेको जनाएको छ ।

उनी घरबाट निस्किने कारण पनि अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । स्थानीय तह कर्मचारी युनियनले चाहीँ महानगरको बढी दवाव र अनाबश्यक लाञ्छनाका कारण पौडेलमा निराशपन आएको आरोप लगाएको छ ।

महानगरले उनी बेपत्ता भएकै दिन विज्ञप्ती जारी गरी पौडेलको खोजीमा पूर्ण सहयोग गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । रेस्क्यु सहितको प्रहरी टोली अहिले पनि खोजीमा ब्यस्त छन् ।

https://www.facebook.com/MyGanthan/videos/1283233208446922/

कमेन्टहरु
Loading...