पोखरामा ओली एण्ड एसोसिएट्सले अष्ट्रेलियन एजुकेसन फेयर  गर्ने

पोखरा, २१ जेठ/ओली एण्ड एसोसिएट्सले आगमी बिहीबार पोखरामा अष्ट्रेलियन एजुकेसन फेयर आयोजनामा गर्ने भएको छ । पोखराको जिरोकिलोमिटरमा रहेको ओली एण्ड एसोसिएट्सले जेठ २३ गते बिहीबार पोखरामा गर्न लागेको अष्ट्रेलियन एजुकेसन फेयर (शैक्षिक मेला) २०१९ को तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

अष्ट्रेलियन एजुकेसन फेयर

शैक्षिक मेला पोखरा –५ जिरो कि.मि.मा रहेको निर्मल शान्ती निवासमा हुने ओली एण्ड एसोसिएट्सका प्रवन्धक तिलक लामिछानेले जानकारी दिए । मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ ।शैक्षिक मेलामा शैक्षिक परामर्शका साथमा छात्रबृत्तीका अवसरहरु पनि प्रदान गरिने लामिछानेले बताए ।आईएलटिएस तथा पिटिई तयारीमा छुटको जानकारी पनि शैक्षिक मेलामा प्रदान गरिने उनले जानकारी दिए ।

उक्त शैक्षिक मेलामा ओली एण्ड एसोसिएट्सका प्रवन्ध निर्देशक तथा अष्ट्रेलियन माइग्रेसन एजेन्ट भवानी ओली, संस्थाका नेपाल प्रमुख सुदर्शन शर्माको पनि उपस्थिति रहने संस्थाले जानकारी दएको छ ।एजुकेशन फेयरमा पोखरा तथा पोखरा आसपासका ५ सय भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने संस्थाको अपेक्षा रहेको छ । फेयरमा अष्ट्रेलियन माइग्रेसनको बारेमा विशेष परामर्श लिन सकिनेछ ।

सन २००२ मा नेपाल तथा अष्ट्रेलियामा एक साथ सञ्चालित भएको ओली एण्ड एसोसिएट्सले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।नेपाल तथा अष्ट्रेलियाका मुख्य शहरहरुमा शाखा कार्यालय रहेको संस्थाले पोखरा शाखाबाट यस आसपासका विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...