देशको आर्थिक समृद्धिमा भुपू सुरक्षाकर्मी

पोखरा १४, भाद्र/देशको आर्थिक समृद्धिमा भुतपूर्व सुरक्षाकर्मीपनि लाग्ने कुरा एक भेलामा बताईएको छ । कास्कीमा रहेका भुपू सुरक्षाकर्मीले आयोजना गरेको मंगलबारको जिल्ला भेलामा उक्त कुरा राखिएको हो ।

नयाँ शक्ति पार्टी अन्तर्गत भुतपूर्व सुरक्षाकर्मीको भेलाका प्रमुख वक्ता राष्ट्रिय पूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीय संयोजक तथा पूर्व एआईजी नारायण पाण्डेले सुरक्षानिकायबाट अवकाश पाएपनि जोश, जागर, दृढता र प्रतिवद्धता अझैपनि रहेको र अवको जिवन देशकै निम्ति रहने जनाएका छन् । गोर्खालीको देश भनि चिनिएको नेपाललाई विकसित देशको स्थितिमा लैजान र पूर्व सुरक्षाकर्मीको हक हितका लागि लड्ने प्रतिवद्धता जनाएका छन् ।

सिर्जनाचोक स्थित पार्टी कार्यालयको सभाहलमा सम्पन्न भेलाले राष्ट्रिय पूर्व सुरक्षाकर्मी नेपाल गठन भएको छ । भेलाले सुबेदार नन्द बहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको हो । जसमा सहसंयोजकमा रामजी पौडेल, सदस्यमा राजकुमार गुरुङ, हस्त बहादुर कुँवर, नारायण बहादुर खड्का, एक बहादुर गुरुङ, आईत बहादुर रानामगर, कुलदिप गुरुङ, आश बहादुर गुरुङ, लक्ष्मण रानाभाट, अशोक गुरुङ, बुद्धि बहादुर थापा, कृष्ण बहादुर गुरुङ, याम बहादुर गुरुङ, राजकुमार गुरुङ, मिनराज पौडेल, मित्रलाल तिवारीलगाएत रहेका छन् ।

कमिटी गठन पश्चात नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ४ की संयोजक बलावती शर्मा, राष्ट्रिय पूर्व सुरक्षाकर्मी नेपाल प्रदेश ४ का संयोजक प्रकाश गुरुङ, नयाँ शक्तिका केन्द्रीय सदस्य टिकाराम पौडेलले नवगठित कमिटीलाई शुभकामना दिएका थिए । सुबेदार नन्द बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत मन्तव्य कास्की जिल्लाका सहसंयोजक शम्भु खाती परियारले गरेका थिएभने भेलाको संचालन केन्द्रीय सदस्य खड्ग बहादुर गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...