CAN

नेवा खलः कास्कीको अध्यक्षमा पुनः पालिखे

79

पोखरा, २६ चैत/नेवा खलः कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे थप तीन वर्षका लागि चयन भएका छन् । समितिको शनिबार सम्पन्न अधिवेशनले पालिखेलाई नै सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्ष द्वयमा गणेशबहादुर श्रेष्ठ र तीर्थ श्रेष्ठ, महासचिवमा आनन्द श्रेष्ठ, उप महासचिवमा राजेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ सर्वसम्मत चयन भए ।

त्यस्तै, समितिको सदस्यहरुमा भैरबलाल श्रेष्ठ (दाङसिङ), भुवन श्रेष्ठ (सिसुवा), नारायण श्रेष्ठ (रामबजार), विष्णुप्रसाद श्रेष्ठ (बिरौटा), तीर्थ श्रेष्ठ गोशेली (बगालेटोल), विश्व बिजुक्छे (सिमलचौर), ईन्द्र भारी (भीमसेनटोल), र कमल श्रेष्ठ (पृथ्वीचोक) चयन भएका छन् ।

नेवा मिसा पुचः कास्कीका अध्यक्ष शान्ती उदास, नेवा ल्याम्ह पुचः कास्कीका अध्यक्ष रामबहादुर रजक पदेन सदस्यका रुपमा चयन भएका छन् । स्थायी आमन्त्रित सदस्यमा नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्ल, झिगु भया झिगु संस्कृतिका कृष्णबहादुर श्रेष्ठ, भीमसेन गुठीका अध्यक्ष गोपाल बाटाजु र नेवा छेँ निर्माण समितिका संयोजक सुशील श्रेष्ठ, अष्टमान प्रधानाङ्ग चयन भएका छन् । त्यसैगरी आमन्त्रित सदस्यमा कल्पना मल्ल (भैरवटोल), बेञ्जु गुभाजु (मोहरियाटोल), प्रकाश श्रेष्ठ (बैदाम) र रमेश बाटाजु (भीमसेनटोल)लाई चयन गरिएको छ ।

यसैबीच, समितिको पहिलो बैठकले समितिको सल्लाहकारमा भीमबहादुर साई, भरतराज शाक्य, सनकमान बाटाजु र कृष्णदेव प्रधानाङ्गलाई चयन गरेको अध्यक्ष अशोक पालिखेले जानकारी दिए । यसअघी नेवा खलः कास्कीको पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीति विभाजक बन्दै गएको आरोप लगाएका छन् । राजनीतिक संकिर्णताका कारण बहुजाती, बहुभाषी र बहु संस्कृति बिभाजक बन्दै गएको उनको भनाई थियो । राजनीतिमा जतिसुकै गिरेर नीच ब्यबहार देखाउँदा पनि नराम्रो नहुने तर जातीय हक, हित र अधिकारका कुरा गर्ने बित्तिकै ट्याग लगाईदिएर बद्नाम गर्ने प्रयास हुनेगरेको गुनासो गरे ।

पूर्व प्रधान न्यायाधीश श्रेष्ठले जातीय कुरा गर्नेलाई साम्प्रदायिकताको ट्याग लगाउने परम्परा बसेको प्रति रोष प्रकट गरे । साम्प्रदायिक बन्नु राम्रो हो कि नराम्रो भन्ने ’boutमा बहस गर्न जरुरी रहेको बताउँदै उनले भने,–‘समाजमा विभिन्न जातजाती बस्छन्, त्यसलाई सम्प्रदाय भनिन्छ, अनि त्यही सम्प्रदायको हक, हित र उन्नतीका लागि काम गर्नेलाई साम्प्रदायिक भनिने हो, त्यसैले साम्प्रदायिकता आफैमा नराम्रो होईन, त्यसैले साम्प्रदायिक बन्नु राम्रो हो भन्ने मलाई लाग्छ र यसलाई सकारात्मक तरिकाले हेरिनुपर्छ ।’

जातलाई फुलसँग तुलना गर्दै श्रेष्ठले भने,–‘फूलबारीमा जसरी फुलहरुलाई फुल्ने र फक्रने हक हुन्छ, जातपनि त्यस्तै हो ।’ उनले भुमण्डलीकरण र राजनीतिकरण यी दुई कारणले संस्कृति चेपुवामा परेको पनि बताए ।