वैशाख ३१ गते निर्वाचन लगत्तै मतगणना

काठमाडौं, २७ वैशाख /निर्वाचन आयोगले पहिलो चरणको मतदान सकिय लगत्तै मतगणना गर्ने जनाएको छ। दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच आयोगले दोस्रो चरणसम्म नकुर्ने स्पष्ट गरेको हो।

वैशाख ३१ गते निर्वाचन सकिएर मतदानस्थलमा मतपेटिका पुगेपछि मतगणना सुरु हुन्छु, निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने। यो खबर आजको अन्नपूर्ण पोष्टमा नरेन्द्र साउदले लेखेका छन् । स्थानीय तह निर्वाचन ऐनमा मतदान अधिकृतले गाउँपालिका नगरपालिकाका वडाभित्रका सबै मतदानकेन्द्रका मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना कार्य सुरु गर्नेछु भन्ने व्यवस्था छ। निर्वाचन ऐनको व्यवस्थाअनुसार मतगणना हुन्छु, आयुक्त दाहालले भने।

आयोगले वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ। मतदानलगत्तै मतदान अधिकृतसमक्ष मतपेटिका पुर्‍याउनुपर्छ। ुसाँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि ५ बजेसम्म लाममा बसेकालाई मतदान गर्न दिने भएकाले थप समय लाग्न सक्छ, आयोगका एक अधिकृतले भने, जेठ ३१ गते निर्वाचनका कारण दिनभरिको थकाइ, मतपेटिका संकलन, गणना गर्ने स्थल छनोटलगायत प्राविधिक काम गर्नुपर्ने भएकाले जेठ १ गतेबाट सबै ठाउँमा गणना हुनसक्ने देखिन्छ। तर कुनै स्थानमा ३१ गतेको रातिबाट पनि मतगणना सुरु गर्न सकिन्छ।

कमेन्टहरु
Loading...