प्रस्तावित मिडिया विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने

पोखरा, १ जेठ /सञ्चार माध्यममाथि अंकुश लगाउने प्रस्तावित विधेयक विरुद्ध नेपाल प्रेस युनियन कास्कीले विहिवार विरोध प्रदर्शन गर्ने भएको छ ।

वर्तमान सरकारले यो वा त्यो वहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको आम सञ्चार माध्यम लगायतका विधेयकको खारेजीको माग गर्दै प्रदर्शन गर्न लागेको नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले बताए ।

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकलाई तत्काल खारेजीको माग गर्दै पत्रकारहरुले भोली विहिवार महेन्द्रपुलमा आफ्ना सञ्चार सामाग्री सहित विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए ।

पत्रकारलाई लेखेकै आधारमा नियन्त्रण गर्न खोज्ने लोकतन्त्रमाथिकै हस्तक्षेप हुने उनको भनाई छ ।

कमेन्टहरु
Loading...