दुई महिना देखि बन्द मणिपाल अस्पताल सञ्चालनमा, चौतर्फी विरोध पछि बार्ता सफल

सागर राज तिमिल्सिना
पोखरा, १० बैशाख/डाक्टरहरुको आन्दोलनका कारण बन्द पोखराको मणिपाल अस्पताल पुर्ण सञ्चालनमा आएको छ । मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटनामा घाइतेभएकाहरुलाई अस्पतालले उपचार नगरे पछि स्थानीयले आइतबार बिहान डाक्टरहरुलाई घेराबन्दी गरेका थिए । दुई महिना देखि डाक्टरको आन्दोलनका कारण इमरजेन्सी बाहेक अन्य सेवा बन्द हुदै आएको थियो ।

स्थानीय फुलबारी क्लबले डाक्टरहरु र प्रशानलाई बार्ताका लागि दवाव दिएको थियो । वार्तामा दुबै पक्षबाट लचिलो बने पछि वार्ता सफल भएको क्बलका सदस्य नारायण आर्चायले बताए । मागका विषयमा सबै आज मौखिक सहमती पछि अस्पताल खुलेको सोमबार लिखित सहमति हुने बताए । क्लबले शनिबार साझँ अस्पतालको गेटमा तालाबन्दी गरेको क्लबले आइतबार बिहान आन्दोलनमा रहेका डाक्टरलाई नियन्त्रणमा लिएका थिए ।

उनीहरुले डाक्टर दिपक कोइराल र डाक्टर ओमलाई लगाएतलाई नियन्त्रणमा लिए पछि वार्ता गरेका थिए । मुस्ताङको कागबेनीमा भएको दुर्घटनाका गम्भीर घाइतेलाई उपचार गर्न अस्वीकार गरी फर्काइदिएको थियो । कागबेनीमा भएको दुर्घटनालगत्तै हेलिकोप्टरबाट शनिबार दिउँसो पोखरा ल्याइएका घाइतेलाई मणिपालले आपतकालीन उपचार दिन अस्वीकार गरेपछि पोखराकै अन्य अस्पताल लैजानुपरेको थियो ।

कागबेनीमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएका १४ जनालाई सेनाको हेलिकोप्टरबाट मणिपाल अस्पताल ल्याइएको थियो । मणिपालमा उपचार नभएपछि फिस्टेल हस्पिटलमा ड, गण्डकी मेडिकल कलेजमा ४, मेट्रोसिटीमा १ र फेवासिटीमा १ जना घाइतेलाई उपचारका लागि लगिएको थियो । सामाजीक सञ्जाल देखि स्थानीयले सम्मले विरोध गरे पछि आन्दोलनरत डाक्टर र अस्पताल प्रशासन दवावमा परेको थियो । चौतर्फी विरोध पछि सहमति भएको स्थानीयहरु बताउ छन् ।

कमेन्टहरु
Loading...