माझठाना बासीले भने गाउँपालिका हैन लेखनाथ नगरपालिकामा जान्छौ

पोखरा, १८ साउन/संघीय संरचनामा जाने भएपछि कास्कीमा स्थानीय तह पुनर्संरचनाको काम आगडी बढेका बेला माझठाना बासीले गाउँ पालिकामा नभइ नगरपालिकामा जाने बताएका छन् ।

माझठाना गा बि स लेखनाथ नगरपालिकामा जाने सबैले सर्बसहमतिले निर्णय गरेको स्थानीय बुद्धि बिबस तिमिल्सिनाले जानकारी दिए । उनले गा बि स सचीव दिल्लीराम गिरि, कांग्रेस, एमाले, माओवादी, रापपा नेपालका सबै नेताहरुले माझठानालाई लेखनाथ मा गाभ्न जाने तर गाउँपालिकामा नजाने निर्णय गरेको उनले बताए ।

जिल्ला विकास समिति कास्कीले गठन गरेको प्राविधिक समितिले बनाएको खाकामा माझाना गासिव मादी गाउँपालिकामा परेको छ । माझठाना बासीहरुले आज जिल्ला विकास समितिमा दवाव दिने कार्यक्रम समेत रहेको उनले बताए ।

कमेन्टहरु
Loading...