लोकदोहोरी गायक पौडेललाई पत्नी शोक

पोखरा, ४ साउन/लोक दोहोरी गायक चोलेन्द्र पौडेललाई पत्नि शोक परेको छ। उनकी श्रीमती सावित्री पौडेलको ३२ वर्षको उमेरमा मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो।

saibrati poudelपौडेलका दुई छोरी छन्। स्वर्गीय पौडेलको शुक्रबार नै दाहासंस्कार गरिएको छ। उनको पार्थिव शरिरमा नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्य, सचिवद्धय सुदिपमोहन भट्टराई र कोषाध्यक्ष लक्ष्मी पाण्डेले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको नेपाली काँग्रेस कास्कीका सदस्य नविद सिग्देलले जानकारी दिए।

यसवीच नेपाली काँग्रेस कास्कीका सभपाति कृष्ण केसी र नेपाली काँग्रेस क्षेत्र नं.३ का सभापाति माधव बास्तोल मधुले छुट्टा छुट्टै विज्ञप्ती प्रकाशित गरि काँग्रेसकी क्रियाशिल सदस्य सावित्री पौडेलको निधन प्रति दुःख व्यक्त गरिएको छ। विज्ञप्तीमा पौडेलको निधनले पार्टीलाई स्तव्ध बनाएको भन्दै शोक सन्तप्त परिवारजन प्रति समवेदन प्रकट गरिएको छ।

कमेन्टहरु
Loading...