चट्याङबाट बच्न नयाँ प्रविधि बजारमा

पोखरा, २ वैशाख/चट्याङबाट बँच्न गुणस्तरयुक्त सामान प्रयोग गर्नाले ठूलो धनजनको क्षतिबाट बच्न र बचाउन सकिने पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । नव वर्षको अवसरमा भएको शुभकामना आदानप्रदान तथा चट्याङबाट बच्ने उपायविषयक अन्तक्र्रियामा चट्याङविज्ञ एवं बीएबी इनर्जीका प्रबन्ध निर्देशक सहदेव व्यञ्जनकारले नेपालमा वर्षेनी चट्याङले विद्युतीय सामानमा ठूलो क्षति पु¥याउने गरेकोले कम्पनीले जर्मन प्रवृद्धिको एलपिएस नेपाली बजारमा भित्राएको जानकारी दिए ।

एपिएसले चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न घर तथा विद्युतीय सामग्रीको सुरक्षा गर्ने बताए । एपिएसको सहज बिक्री वितरणको लागि पोखरा थर्मोटेक र इलेक्ट्रो ग्र्रुपले बिक्रेताको जिम्मेवारी पाएको र सोमार्फत सहज जडान सुविधा रहेको उक्त कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा विद्युतीय सामग्रीको बिक्रेता व्यवसायी तथा मेकानिक्सको सहभागिता थियो ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले प्राकृतिक प्रकोप नियन्त्रणका उक्त प्रविधिले सघाउ पुग्ने भएकोले यसबारे सचेतना आवश्यक रहेकोमा जोड दिए । नेपाल विद्युत प्राधिकरणका क्षेत्रीय प्रमख रामजी भण्डारीले चट्याङले विद्युतीय स्टेशनमा वर्षेनी ठूलो क्षति पार्दैआएकोले गुणस्तरीय सामग्री जडान गर्न सके विद्युत उत्पादन तथा वितरणमा सहज हुने बताए ।

इञ्जिनियरिङ कन्सल्टेनसी एशोसिएसनका अध्यक्ष देउकाजी गुरुङले सुरक्षाबिना हुने निर्माणले क्षति नियन्त्रण हुने हुँदा घर निर्माणमा अर्थिङ व्यवस्थापन महत्वपूर्ण रहने बताए । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले सामान फेर्नेभन्दा राखिएको सामग्री मर्मत गर्न प्राविधिक आवश्यक रहेको बताए ।

पोखरा थर्मोटेकका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले गुणस्तरीय सामान राखेमा आपत्कालीन घरमा नहुने र सबै प्रकारको इलेक्ट्रोनिक सामग्रीको लागि प्राविले छ वर्षदेखि सेवा दिँदैआएको बताए । कार्यक्रममा नेपाल टेलिकमका प्रमुख उज्ज्वल पोख्रेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठी, कम्पनीका प्रबन्ध निर्देशक इञ्जिनियर राजेन्द्र ढकाललगायतले पोखरामा सबै प्रकारको सेवा दिने कम्पनीले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको बताए ।

कमेन्टहरु
Loading...