कास्कोटमा बोरिङ उद्घाटन, केही समयमै घर घरमा धारा पुग्ने

पोखरा, १७ वैशाख /कास्कीकोटमा रहेको खानेपानीको चरम अभाव हटाउन सूरु भएको खानेपानी बोरिङ उदघाटन भएको छ ।
करिव ४ सय घर धुरीलाई धारा उपलब्ध हुने गरि एक करोड लागतमा हाम्रो परिबर्तन नेपालले सुरु गरेको बोरिङ खन्ने काम सकिएको छ ।

अब बोरिङ लाई ब्यबस्थित गरी घर घरमा धारा पुर्याउने काम बाँकी रहेको हाम्रो परिबर्तन नेपालका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए । बोरिङको बिस्व हिन्दु महासंघका उपाध्यक्ष बेदनिधि अधिकारीले उदघाटन गरे । कास्कीकोटमा खानेपानीको चरम अभाव रहेको थियो ।  कार्यक्रममा सो क्षेत्रका स्थानियले खानेपानी चरम अभाव भैरहेको बेला सस्थाले गरेको पहलको प्रशंशा गर्दे स्वतस्फुर्द रुपमा सहयोग घोषणा पनि गरेका छन ।

कार्यक्रमा बिस्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष बेदनिधि अधिकारीले १ लाख ११ हजार १ सय ११ ,स्थानियहरु भरत बहादुर अधिकारी १ लाख १ सय , ओम प्रकास सुबेदीले ८० हजार , परमेश्वर बस्ताकोटी ५५ हजार ५ सय ५५ , चुडामणि सुबेदी ५० हजार, मिन बहादुर अधिकारी ५० हजार एक सय , बुद्धि प्रसाद सुबेदी २५ हजार ५ सय २५, हर्क नेपाली २५ हजार ५ सय २५, ईन्द्र बहादुर जिसि २५ हजार, महिला जनजागरण बहुउद्धेश्यीय सहकारी सस्था २० हजार ५ सय ५५, लक्ष्मण गिरि २० हजार, राजु कार्की १५ हजार ५ सय ५५, आनन्द प्रसाद अधिकारी १५ हजार ५ सय ५० ,  त्यसैगरि मेघ राज सुबेदी ११ हजार १ सय ११ , शोभाखर सुबेदी १० हजार १०, शिबराज अधिकारी १० हजार १०, बिण्णु प्रसाद तिमल्सीना १० हजार, एकता समाज, कास्कीकोट बाट ५ हजार रुपैया सहयोग घोषणा गरेका छन ।

उदघाटन कार्यक्रममा प्रमुख अतिथि अधिकारीले सस्थाले पुण्य काम गरेको बताए । सबैले सकारात्मक कामको लागि सहयोग गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा स्थानिय ओम प्रसाद सुबेदी कास्कीकोट बाशिमा रहेको खानेपानि समस्या समाधानका लागि अन्य पहलहरु पनि गर्ने बताए । सस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जतिसक्दो छिटो घरघरमा पानी पुग्ने बताए । अब पानीका लागि दुःख पाउने दिन गएको उनको भनाई थियो ।

हाम्रो परिबर्तन नेपालका उपाध्यक्ष हिरामणि न्यौपाने, कोषाध्यक्ष संगिता सुबेदी, हाम्रो परिबर्तन नेपालका मिडिया संयोजक माधब पनेरु, स्थानियबासी परमेश्वर बस्ताकोटी लगायतले बिकासको लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताए ।

कमेन्टहरु
Loading...