पर्दापछाडीको एक शक्तिपिठ ः कास्कीकोटको गुप्तकालीका

पोखरा, ७ भाद्र /श्री गुप्तकालीका कश्यप धार्मीक क्षेत्रविकास समिति कास्कीकोटको पहिलो सधारण सभाले दिलिप विक्रम शाहीको अध्यक्षताका ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । सोमबार सम्पन्न साधारण सभाले समितिको उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिवमा ठाकुर प्रसाद बराल र कोषाध्यक्षमा इन्द्र बहादुर जिसिलाई चयन गरेको छ ।

कास्की कालीका
कास्की कालीका

यस्तै सदस्यहरुमा दुर्गा तिमील्सीना, खड्क बहादुर परियार, भुमि तिमील्सीना, चित्रध्वज कुवँर, गणेश सुनार, लाल बहादुर सुनार र नारायण बराल रहनुभएको छ । यसअघि उक्त साधारण सभाको साँसद एंव नेकपा एमालेकी नेत्री सीता गिरी ओलीले उद्धघाटन गर्नुभएको थियो । प्राकृतिक, साँस्कृतिक, एतिहासिक र धार्मीक महत्व बोकेको कश्यप क्षेत्रको वृहद प्रचार प्रसार गर्दै विकास, संरक्षण र सम्वद्र्धनमा एकिकृत भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

उक्त क्षेत्रको विकास तथा प्रवद्र्धनका लागी आफ्नो तर्फबाट आवाश्यक सहयोग गर्ने साँसद गिरीले प्रतिवद्धता व्यक्त गर्नुभयो । पर्यटकिय हिषावले अनुपम रहेकाले बाह्य संगै आन्तरीक पर्यटन प्रवद्र्धनमा नयाँ सोचका साथ लाग्न उहाँले स्थानियहरुलाई आग्रह गर्नुभयो । साधारणसभामा बोल्ने अधिकांस सरोकारवालाहरुले विकासका नाममा इतिहासलाई नामेट गर्नु नहुने उल्लेख गर्दै एतिहासिक, साँस्कृतिक, धार्मीक र पर्यटनमैत्री विकासमा जोड दिएका छन् ।

तत्कालीन राजाले सेवामा सर्मर्पितहरुलाई गुठियारा तोकी गुठिका रुपमा भोगचलनका लागी दिएको कयौन भुमि अतिक्रमणको चपेटामा परेको प्रति कयौनले चिन्ता व्यक्त गरेका छन् । उनिहरुले भनेका छन्, “धार्मीक क्षेत्रविकास समिति अन्तरगत गुठिको खोजी जरुरी छ । त्यो गुठिको सम्पति हो । त्यसलाई निजिकरण गरि बेचबिखनको अधिकार कुनै गुठियारालाई छैन् ।”

समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीका अनुसार गुठिका नाममा अहिले पनि कास्कीको कास्कीकोट, हेमजा, अर्मला लागयतका स्थानमा करिब २ सय ५० रोपनी जग्गा रहेको छ । समुन्द्री सतहबाट करिब १४ सय मिटर उचाईमा रहेको उक्त स्थानमा ११ औ शताब्दी देखी १८४२ सम्म विभिन्न राजाहरुले राज गरेका अगुवाहरुले उल्लेख गरेका छन् । उक्त क्षेत्रको तत्कालनि समयमा राजा महेन्द्र र विरेन्द्र शाहले समेत अवलोकन गरेको उनिहरुले बताएका छन् ।

एतिहासिक महत्वको उक्त क्षेत्रलाई कास्की कै एक प्रसिद्ध शक्तिपिठका रुपमा विकास गर्ने उद्देश्यले स्थानियहरु लागी परेका छन् । खानेपानी तथा भरपर्दो सडकको अभावका कारण केही कठिनाई सामना गर्नु परेको उनिहरुको तर्क छ ।

कमेन्टहरु
Loading...