कर्णदासले एल्वमको आम्दानी पोखरा वृद्धाश्रमलाई सहयोग

पोखरा, ५ जेठ/लामो समयको अमेरिका बसाईपछि नेपाल आउनुभएका गायक कर्णदासले आफ्नो एल्वम विक्रीबाट आएको रकमबाट पोखरा वृद्धाश्रममा नगद सहयोग गर्नुभएको छ ।

पोखरा वृद्धाश्रममा पुगेर कर्णदासले अघिल्लो महिना अष्टे«लियामा भएको आफ्नो सांगितिक यात्राको दौरान एल्वम विक्रीबाट प्राप्त आम्दानी मध्येबाट नगद ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । कर्णदासले यसअघि पोखरा वृद्धाश्रमको शुरुवाती चरणमा फर्निचर, लत्ता कपडा तथा २ महिनाको लागि पुग्ने खाद्यन्न सामग्री सहयोग गर्नुभएको थियो ।

सो अवसरमा वहाँले वृद्ध अवस्थाका आमा बुबाहरुलाई सानो सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । आगामि दिनमा पनि पोखरा वृद्धाश्रमलाई आफ्नो सहयोग निरन्तर जारी रहने समेत वहाँको प्रतिबद्धता थियो । दासले आफ्नो पहिलो गीत जिन्दगीको के भरोसा बोलको गीत समेत प्रस्तुत गर्नुभएको थियो ।

पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले गायक कर्णदासले निकै अफ्टेरो समयमा सहयोग पु¥याएको भन्दै वृद्धाश्रमले जहिले पनि सम्मान र आदर गर्नुपर्ने व्यक्तित्व भएको उल्लेख गर्नुभयो । वृद्धाश्रमको सञ्चालनको मुख्य आधार जनसहयोग रहेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।०५३ सालमा शुरु भएको पोखरा वृद्धाश्रममा हाल विभिन्न १४ जिल्लाका ज्येष्ठ नागरिक तथा सेवक सेविका गरी ६५ जना रहेका छन् ।

कमेन्टहरु
Loading...