जनसरोकार मञ्चद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा, ४ फागुन। जनसरोकार मञ्च कास्कीले प्रधानमन्त्री के.पी शर्मा ओलीलाई विभिन्न २२ बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ। पोखरा आएका प्रधानमन्त्रीलाई भेटेर बुधबार जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देल नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो।
४ नम्बर प्रदेशको आवश्यकता र अपेक्षा सम्वन्धी सुझावहरु ज्ञापन पत्रमा समावेश गरिएको छ। सुझावहरुले यस क्षेत्रकोे आवश्यकता र अपेक्षा पुरा गर्न सहयोगीको भुमिका खेल्ने विश्वास लिइएको छ। मञ्चले फागुन ३० गते पोखरामा प्राध्यापक, अर्थविद्, स्थानीय नेता, व्यवसायी र पत्रकारहरुवीच ४ नम्बर प्रदेशको आवश्यकता र अपेक्षाका विषयमा छलफल गरी सुझाव संकलन गरेको थियो।

ज्ञापन पत्रमा पोखरालाई ४ नं. प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पूर्वाधार तयार गर्न आवश्यक बजेट विनियोजन गर्न, नागरिकको क्षमता अबिबृद्धि गर्दै यस प्रदेशको आयस्रोत बढाउन, आर्थिक क्रियाकलाप बृद्धि गर्नका लागि पर्यटन, उद्योग, वाणिज्य र निर्माणका क्षेत्रलाई विस्तृतिकरण, व्यवसायीकरणगर्दै सवैको पहुँच पु¥याउन सुझाव दिइएको छ।

त्यसैगरी, ४ नं. प्रदेशमा जलविद्युुतको ठूलो सम्भाव्यता रहेकाले बुढीगण्डकी, आँधीखोला, कालिगण्डकी र तनहुँ सेती हाइड्रोलाई प्राथमिकता दिएर कार्य थालनी गर्न, यस प्रदेशको आर्थिक सवलताका पक्षलाई पहिचान गर्न अनुसन्धान केन्द्र स्थापना गरी गुुरु योजना तयार गर्न, प्रदेशको सम्भावित राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न र लगानी मैत्री वातावरण सिर्जना गरी वैदेशिक लगानीकर्तालाई भित्र्याउनका लागि आवश्यक समन्वय र दिगो विकासको अवधारणा आगाडि बढाउन सुझाव दिइएको छ।

कमेन्टहरु
Loading...