अन्तराष्ट्रिय युवा दिवसको अवसरमा पोखरामा सरसफाई

पोखरा, २८ साउन /अन्तराष्ट्रिय युवा दिवसको अवसरमा पोखरामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शान्तिका लागी साझा अभियान (कोक्याप) पश्मिाञ्चल क्षेत्रिय सचिवालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा युवा सन्जाल नेपालका सदस्यहरुको सहकार्य रहेको थियो ।

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा पोखरामा सरसफाई
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा पोखरामा सरसफाई

अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि संसारभर मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघले युवाका मुद्दालाई स्थापित गर्न हरेक अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । कोक्यापमा आवद्ध स्यवंसेवक एवं युवा सन्जालका सदस्यहरुले महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड हुँदै पृथ्वीचोक सडक आसपासका क्षेत्रमा सरसफाई गरेका थिए । त्यस क्षेत्रबाट करिब एक ट्रक फोहर संकलन भएको थियो ।

फोहर ब्यवस्थापनमा पोखरा उपमहानगरपालिकाले सहयोग गरेका थियो । सरसफाई पश्चात् बोल्दै कोक्याप पश्मिाञ्चलकी कार्यक्रम संयोजक सरिता पुरीले देश युवाहरुको काँधमा रहेको र सबै युवा एकजुट भएर समाज देशको लागी काम गर्नुपर्नेमा जोड दिइन् ।  कोक्याप पश्मिाञ्चलका सदस्य सुर्य पौडेलले कोक्यापले आफ्ना हरेक कार्यक्रममा युवाहरुको उपस्थितीलाई प्राथमिकतामा राख्ने गरेको र युवा दिवसको अवसरमा पनि युवाहरुको समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै सरसफाई कार्यक्रमको आयोजना गरेको उल्लेख गरे ।

यस्तै कोक्यापकी स्वयंसेवक संयोजक पद्मा डुम्रेले समाज र देश बिकासमा युवाहरुको भुमिका अत्यन्त महत्वपुर्ण हुने भएपनि युवाहरु बेरोजगारीका कारण बिदेशिनुपर्ने बाध्यता प्रति दुख ब्यक्त गरिन् । सरकारले अब युवाहरुलाई स्वदेशमै रोजगारीको लागी विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा उनको जोड थियो । युवा सञ्जाल नेपालका अध्यक्ष लक्ष्मण आचार्यले सिप र योग्यता अनुसारको काम नपाउँदा धेरै युवाहरुले समस्या भोग्नुपरेको उल्लेख गरे । कोक्याप पश्मिाञ्चलका नरेन्द्र भुसालले कार्यक्रममा सहजीकरण गरेका थिए ।

कमेन्टहरु
Loading...