पोखरामा होटल पोखरा बाटिका १२ करोडको लागनीमा सञ्चालनमा

सागर राज तिमिल्सिना
पोखरा, ५ बैशाख /पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित गौरीघाटमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । युवा व्यवसायीहरुले होटल पोखरा बाटिका सञ्चालनमा ल्याएका हुन् । करिब २० वर्ष देखि पर्यटन व्यवसायमा सक्रिय दिल गौतम, सन्तोष पोख्रेल र प्रेमकुमार श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् । १ रोपनी क्षेत्रफलमा करिब ३ वर्ष अगाडि निर्माण सुरु गरिएको होटल नयाँ वर्षको अवसरमा होटल सञ्चालनमा आएको हो ।

होटल पोखरा बाटिका
होटल पोखरा बाटिका

अनौपचारिक रुपमा सञ्चालनमा आएको होटल केही समय पछि औपाचारिक रुपमा सञ्चालनमा ल्याउने सञ्चालक दिल गौतमले जानकारी दिए । होटल निर्माणमा जग्गाबाहेक करिब १२ करोड रुपैयाँ लगानी गरेको उनले बताए । होटलबाट पोखराको मुख्य आकर्षण मानिने फेवा ताल, हिमाल, शान्ति स्तुप, रानीवन, पोखरा बजार लगायत वरपरका हरियाली जंगलहरुको दृश्यावलोकन गर्न सकिन्छ । होटलमा ४२ वटा सुविधा सम्पन्न कोठा छन् । ३९ वटा डिलक्स, २ वटा सेमि सुइट र १ वटा सुइट कोठा रहेको उनले जानकारी दिए ।

होटल पोखरा बाटिका
होटल पोखरा बाटिका

पर्याप्त पार्किङको सुविधा, बार, लकर, १ सय जना क्षमताको सभाहलको समेत व्यवस्था रहेको उनले जानकारी दिए । होटल अपाङ्ग र वृद्धावृद्धामैत्रीका साथै पर्यटकको सुविधालाई मध्यनजर गरी लिफ्टको व्यवस्था गरेको उनको भनाई छ ।
‘प्रत्येक कोठामा एसीको सुविधा छ,’ उनले भने, ‘खाना तथा खाजाका लागि कोठामै सेवा उपलब्ध छ । चौबिसै घन्टा पर्यटकको सेवामा हाम्रा कर्मचारी खटिएका हुन्छन् ।’ स्टार होटल सरहको सुविधा उपलब्ध रहेको गौतमले जानकारी दिए ।

होटलको मुख्य प्रबेशमा पानीको छहराले आकर्षण रुपमा राखिएको उनले बताए । आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । ‘पूर्ण पारिवारिक वातावरणमा होटल सञ्चालन गरिरहेका छौं,’ गौतमले भने, ‘पर्यटकको स्वागत सत्कार तथा सुविधामा कुनै कमी हुन दिँदैनौं ।’

होटलमा आउने पर्यटकलाई पोखरा तथा आसपासको साइडसिन व्यवस्था पनि मिलाइएको छ । ‘बिमानस्थल र बसपार्कसम्म ल्याउने र लैजाने सुविधा पनि उपलब्ध छ,’ उनले भने । होलटमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कोठाको एक रातको नेपालीका लागि ४ हजार देखि १२ हजार रुपैया सम्म पर्ने बताए ।

कमेन्टहरु
Loading...