डाटा सेन्टर सर्भिस बैकका लागि उपयुक्त माध्यमः सिवाकोटी

पोखरा, ६ भदौ/नेपाल राष्ट्र बैकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटीले डाटा सेन्टर सर्भिस बैकहरुकाल लागि उपयुक्त भएको बताएका छन् । क्लाउड हिमालय प्रालिले स्थापना गरेको डाटा सेन्टर सर्भिस इन नेपालको बारेमा बैकर्सहरुलाई जानकारी गराउने उद्देश्यले आईतबार पोखरामा आयोजना गरेको परिचयात्म कार्यक्रममा बोल्दै डिपुटी गर्भनर सिवाकोटीले त्यस्तो बताएका हुन्।

डाटा सेन्टर सर्भिस बैकका लागि उपयुक्त माध्यमः सिवाकोटी
डाटा सेन्टर सर्भिस बैकका लागि उपयुक्त माध्यमः सिवाकोटी

बैकहरुका लागि छुट्टै डाटा सेन्टर सर्भिस राख्दा वढि खर्चिलो हुने भएको बताउदै उनले क्लाउड हिमालय प्रालिले ल्याएको यो कार्यक्रम सुलभ हुने विश्वास व्यक्त गरे। प्रत्यक वैकले यो सिष्टम राख्दा वढि खर्चालु हुन्छ। वढि खर्च गरेर छुट्टै राख्नु भन्दा क्लाउड हिमालय सग सकार्य गरेमा बैकहरुलाई फाईदा नै हुन्छ उनले भने– सस्तो दरमा वढि सुविधा पाउने भएकाले पनि बैकहरुलाई सहकार्य गर्नु नै उपयुक्त हुन्छ।

यो सुविधा प्रयोग गर्दा वैकहरुले आईटी वारेमा सवै सुविधा पाउने भएकाले पनि वैकहरु आईटीको समस्याबाट मुक्त हुने उनले बताए। विशेष गरि बैक तथा वित्तिय संस्था, अस्पताल, ठुला कलेज, मिडिया सेन्टरलाई नै फोकस गरेर डाटा सेन्टर सर्भिस स्थापना गरेको क्लाउड हिमालय प्रालिका फाउण्डर विश्वनाथ बरालले जानकारी दिए।

हामीले यो सुविधा लिन चाहानेका लागि ठाँउ उपलव्ध गराउछौ उनले भने–ती संस्थाहरुले आफ्नै कम्प्युटर राखेर यो सुविधा लिन सक्नुहुनेछ। यो सुविधामा इन्टरनेट र विजुलीको २४ सै घण्ट भरपरदौ तरिकाले उपलब्ध गराउने छौ। कार्यक्रममा क्लाउड हिमालय प्रालिका फाउण्डर गोपल श्रेष्ठले सहजिकरण गरेका थिए। कार्यक्रममा बैक तथा वित्तिय संस्था, अस्पताल, विद्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

कमेन्टहरु
Loading...