हेम्जामा सवारी दुर्घटना, पर्वतका युवा व्यवासायीको पौडेलको निधन

पोखरा, २८ जेठ /पोखरा २७ हेम्जा बुद्ध पेट्रोल पम्प नजिकै मोटर साइकलको टायर पंचर हुदा मोटर साइकलका चालकको मृत्यु भएको छ ।

ध १ प १९४७ नम्बरको मोटर साइकलको अगाडिको टाएर पंचर हुदा सोहि दिशाबाट आउदै गरेको ग १ ख ४३५४ नम्बरको टिप्पर मुनि पर्दा मोटर साइकल छिर्दा एक जनाको मृत्यु भएको हो । पर्बत जिल्लाको पकुवा ७ बस्ने २७ वर्षिय सन्तोष पौडेल घाईते भई उपचारको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

मोटर साइकलको पछाडी सवार पर्बत जिल्ला खौला ५ बस्ने ५६ वर्षिय हरी प्रसाद सापकोटा घाईते भएका छन् । उनलेको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने टिप्पर चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । मृतक पौडेल विभिन्न सामाजीक संघ संस्थामा सक्रिय थिए भने पर्वतमा युवा व्यवसायीका रुपमा उदाएका थिए ।

कमेन्टहरु
Loading...