जोर्ज जोन प्रतिष्ठानद्वारा शिक्षाक्षेत्रका व्यक्ति सम्मानित

पोखरा, २२ साउन/जोर्ज जोन शिक्षा प्रतिष्ठानले २० आंैं वार्षिकोत्सव अवसरमा विभिन्न व्यक्तिलाई शनिबार पोखरामा सामूहिक सम्मान गरेको छ । सम्मानित हुनेमा पोखरा भैरवटोलका गोपाल वैद्य किञ्चन, बाटुलेचौरका डा. गेहेन्द्रमान उदास, पस्र्याङका शान्ति पोख्रेल भुसाल, लामाचौरका तोयनाथ पौडेल, लामाचौरकै श्यामबहादुर केसी, स्याङजा सेतीदोभानका कुलानन्द शर्मा, वालिङका प्रा.कृष्णप्रसाद शर्मा अर्याललाई शैक्षिक क्षेत्रमा योगदान पु¥याएकोमा सम्मानपत्रसहित सम्मान गरिएको हो ।

जोर्ज जोन प्रतिष्ठानद्वारा शिक्षाक्षेत्रका व्यक्ति सम्मानित
जोर्ज जोन प्रतिष्ठानद्वारा शिक्षाक्षेत्रका व्यक्ति सम्मानित

उनीहरुलाई प्रमुख व्यवस्थापिका संसद सार्वजनिक सुनुवाई समिति सदस्य, शिक्षासेवी प्रा.डा. गणेशमान गुरुङ, शिक्षासेवी जोर्ज जोनले सम्मानपत्र हस्तान्तरण गरेका हुन् । त्यस्तै, विभिन्न संकाय र तहमा उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थीलाई पनि प्रतिष्ठानले नगदसहित सम्मान गरेको छ ।

सम्मानित हुनेमा २०७१÷०७२ को दशजोड दुई परीक्षामा कास्कीका सामुदायिक विद्यालयतर्फ अमरसिह नमूना उच्च माविका विकल्प ढकाल र शिक्षिता भण्डारी, संस्थागततर्फ एसओएसका जान्हवि गिरी, सैनिक आवासीयका सन्तोष कार्की छन् । सामुदायिक र निजीतर्फ सम्मानित विद्यार्थीले क्रमशः ८५.०८ र ८३.०८ प्रतिशत ल्याएका थिए ।

त्यस्तै, जनरल स्नातक तहअन्तर्गत पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका विष्णुप्रसाद दहाल (सिजिपिए ३.९५), स्नातक तह प्राविधिक विषयमा पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका समान ८८ प्रतिशत ल्याएका अन्जिला भट्टराई र सिर्जना थापा, जनरल स्नातकोत्तर तहमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा टोलमाया थापा (सिजिपिए ३.८५), प्राविधिक स्नातकोत्तर तहमा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका विजयराज काफ्ले (सिजिपिए ३.९४) र एमीबीबीएस तहमा मणिपाल कलेज अफ मेडिकल साइन्सेसका आयुष अर्याल (७८.३८ प्रतिशत) लाई सम्मान गरियो । उनीहरुलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको हो ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक शिक्षासेवी जोर्ज जोनको नामबाट २०५३ सालमा स्थापित उक्त प्रतिष्ठानले २०५४ सालदेखि शैक्षिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान गर्दैआएको हो । कार्यक्रममा त्रिवि अनुदान आयोगका पूर्वअध्यक्ष, लोकसेवा आयागका पूर्वसदस्यसमेत रहेका प्रमुख अतिथि प्राडा गणेशमान गुरुङले राष्ट्रियताको मुद्दालाई केन्द्रमा राखेर आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए । उनले शिक्षा क्षेत्रमा व्याप्त विकृति बिसंगति हटाउँदै शैक्षिक क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए । शिक्षा ऐन आठौ संशोधन समय सान्दर्भिक रहेको दाबी गर्दै उनले यसले धेरै समस्या समाधान गरेको बताए । पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले उच्च शिक्षा आयोग गठन गर्नुपर्नेमा समेत जोड दिए ।

शिक्षासेवी जोर्ज जोनले देश र जनताको लागि आफूहरुले केही न केही राम्रो गर्नुपर्ने बताए । सम्मानित व्यक्तिको तर्फबाट प्राडा कृष्णप्रसाद शर्मा अर्याल, तोयनाथ पौडेल, विद्यार्थी आयुष अर्यालले सम्मानले थप उत्साहित बनाएको बताए ।सम्मानित व्यक्तित्वबारे प्रतिष्ठानका सहसचिव देवनारायण सुतिहार, सल्लाहकार गणेशबहादुर गुरुङ र सदस्य अर्जुन अधिकारीले जानकारी गराएका थिए ।

पीएनका पूर्वक्याम्पस समेत रहेका प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष खड्ग रानाभाटले र संचालन युवा संघका अध्यक्षसमेत रहेका सचिव राजीव पहारीले गरेका थिए । शिक्षासेवी जोन पीएन क्याम्पसबाट विदाइ हुँदै गर्दा उनको सम्मानमा प्रतिष्ठान गठन गर्ने निर्णयअनुरुप गठित प्रतिष्ठान सामाजिक सेवामा समेत सक्रिय छ । प्र्रतिष्ठानले यसअघि लेखनाथको सन्दरीडाँडास्थित अरुणाज्योति प्राविलाई ७ लाख भन्दा बढी सहयोग गरेको थियो । प्रतिष्ठानले क्याम्पस परिसरमा जोर्ज जोनको नाउँमा क्लक टावर निर्माण गरेको छ ।

कमेन्टहरु
Loading...