गर्भवती र नवजात शिशुका आमालाई पूर्ण खोपको प्रशिक्षण

पोखरा, १२ साउन /महिला स्वास्थ्य स्वयंसेवक समिति पोखरा १२ ले पूर्ण खोप सुनिश्चित सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । गर्भवती महिला र नवजात शिशुका आमालाई लक्ष्य गर्दै आयोजित प्रशिक्षणमा ५० जनाको सहभागिता थियो ।

गर्भवती र नवजात शिशुका आमालाई पूर्ण खोपको प्रशिक्षण
गर्भवती र नवजात शिशुका आमालाई पूर्ण खोपको प्रशिक्षण

प्रशिक्षण कार्यक्रममा वडा सचिव श्रीकान्त तिमिल्सिनाले नवजात शिशुलाई नियमित खोप लगाउन आमाहरुलाई आग्रह गरे । उनले महिलाको स्वास्थ्य संवेदनशील विषय भएकोले हेलचक्र्याइ गर्न नहुने धारणा राखे । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले विभिन्न सात प्रकारका खोप, अहेब सीता शर्माले परिवार नियोजन र स्टाफ नर्स मञ्जु तिमिल्सिनाले गर्भवती महिलाले ध्यान पु¥याउनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा वडा समन्वय समिति अध्यक्ष भुवनप्रकाश आचार्यले पनि बोलेका थिए । समितिकी संयोजक विष्णु सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महिला स्वास्थ्य स्वयंसेवक इन्दिरा पन्त र स्वागत स्वयंसेवक मायादेवी तझ्याले गरेकी थिइन् ।

पोखरा १२ मा १० जना महिला स्वास्थ्य स्वंमसेवक छन् । समितिले प्रत्येक महिनाको १२ गते वडा कार्यालयमा खोप केन्द्र सञ्चालन गर्छ । समितिले केही दिन अघि डेंगु रोग विरुद्ध जनचेतनामुलक अभियान चलाएको थियो ।

कमेन्टहरु
Loading...