फेवाताल किनारको वाटर फ्रन्टको छानबिन गर्न समिति गठन

पोखरा, २१ जेठ/फेवाताल किनारामा विवादीत पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिको सदस्यमा नापी विभागका प्रशान्त घिमिरे, मालपोतका कानुन अधिकृत विष्णु घर्ती, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सिनियर डिभिजनल क्यामिस्ट कल्पना श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका हुमनाथ पाण्डे छन् । आजको नागरिक दैनिकमा प्रशान्त लामिछाने समाचार लेखेका छन् ।

सर्वोच्च अदालतले शाक्यले फेवा किनारमा निर्माण गरेको होटल ६५ मिटरभित्र छ वा छैन, रिसार्टबाट निस्केको पानी शुद्धीकरण गरी होटलकै प्रयोगमा ल्याइएको छ वा सो पानी तालमा मिसाइएको छ, निष्कासित पानी फेवातालमा निष्कासन गरिए नगरिएको छानबिन गरी दुई महिनाभित्र प्रतिबेदन पेस गर्न सरकारका नाममा आदेश दिएको थियो । समितिलाई १५ दिनभित्र काम सकेर प्रतिबेदन बुझाउन भनिएको छ ।

कमेन्टहरु
Loading...