फेवासिटी र चरकसंग अस्पतालसंग नागढुङ्गा बासिको १४ बुँदे मागराख्दै ज्ञापनपत्र

पोखरा, ८ बैशाख /फेवासिटी हस्पिटल नागढुङ्गामा सञ्चालन भएको ८ वर्ष पुग्यो । र फेरी अहिले चरक हस्पिटलपनि नागढुङ्गामै आउँदै छ । चरक हस्पिटल निर्माणाधिन अवस्थामा रहेको छ । दुई ठूला अस्पताल घर नजिकै आउनु नागढुङ्गाबासिका लागि खुुसिकै कुरा हो । तर ति हस्पिटलहरुले सुविधासंगै आफुहरुसंग रोग पनि बाँड्ने भन्दै नागढुङ्गाबासिहरुले विभिन्न १४ बुँदे माग अगाडी सारेका छन् ।

दुबै अस्पताल समक्ष उनीहरुले आफ्नों मागपत्र पेश गरिसकेका छन् । मागपत्रमा स्थायिनलाई औषधी–उपचारमा छुट, रोजगारमा स्थानियलाई प्राथमिकता, हस्पिटलबाट निस्कने बिकिरण तथा फोहोरजन्य बस्तुको उचित व्यवस्थापन, ढल तथा आकासे पानी निस्कासनको उचित व्यवस्थापन, पार्किङ्गको उचित व्यवस्थापन, अस्पतालले निर्वाह गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा नागढुङ्गाबासिसंग सहकार्य लगायतका माग रहेका छन् ।

नागढुङ्गाबासिको बृहत टोल भेलाले निर्णय गरे अनुसारको माग उनीहरुले अगाडी सारेका हुन् । भेलाले नागढुङ्गा युवा क्लवले नेतृत्व लिने गरि नागढुङ्गा आमा समुह, नागढुङ्गा टोल विकास संस्था, नागढुङ्गा विकास समाज, एयरपोर्ट टोल विकास संस्था सदस्य गरेको सहजिकरण समुह पनि तयार पारेको छ । १८ सदस्यि उक्त समुहमा नागढुङ्गाका अगुवाहरुपनि सामेल रहेका छन् ।

यसैविच, समुहले अस्पताल सामु राखेको मागका बारेमा पोखरा–लेखनाथ महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीमा सहयोगको आग्रह सहितको ज्ञापन–पत्र शुक्रबार पेश गरेका छन् । उनीहरुले नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेल र जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदी समक्ष ज्ञापन–पत्रको बोधार्थ बुझाएका हुन् ।

ज्ञापन–पत्र बुझ्दै पौडेल र सुवेदीले स्थानियबासिले अस्पताल समक्ष राखेको माग जायज भएको बताए । उनीहरु दुबैले समुहको माग पुरा गराउन आ–आफ्नों ठाउँबाट सहयोग गर्ने प्रतिवद्धजा समेत जाहेर गरे । ‘हाम्रा मागबारे अस्पताल पक्ष पनि सकारात्मकनै छन, छिटै हामी र अस्पताल प्रशासनविच सहमति हुने विश्वास लिएका छौं’–नागढुङ्गा युवा क्लवका अध्यक्ष विनोद लामिछानेले भने ।

कमेन्टहरु
Loading...