फेसबुकबाटै कास्कीकोटका युवाहरुले १४ लाख, सामुदायिक भवन निमार्ण गर्ने

पोखरा, ११ वैशाख /फेसबुक चलाउने कति जना हुनुहुन्छ ? सायदै आज भोली फेसवुक नचलाउने कमै होलान् । सामाजीक संजाल वाटै आज भोली काहाँ के भइ रहेको छ थाहा पाउन सकिन्छ । जव विदेशमा जाने नेपालीहरु त झन् आफ्नो गाउँको हाल खवर सामाजीक संजाल वाट थाहा पाउदा खुसी मान्छन् ।

यस्तै आफ्नै गाउँको विकास वारेमा साउदीमा वसेका एक कस्केलीले सामाजीक संजालवाटै आफ्नो गाउँमा चौतारी निमार्ण र वढा सामुदायिक भवन निमार्ण गर्न आर्थीक संकलन गर्ने अभियान चलाए । साउदीमा वसेर काम गरीरहेका कास्कीकोट वडा नं नौ गैरावारीका वुद्धी वहादुर वस्नेतको नेतृत्व मा युवाहरु मिलेर पैसा उठाउन थाले ।अनि गाउँका सवैलाई यो अभियान वारे वताउन र निमार्ण गर्न गाउँकै अग्रजहरु राखेर हिक्मत वहादुर वस्नेतको अध्यक्षतामा पन्ध्र सदस्य चौतारो पुर्न निमार्ण तथा सामुदायिक भवन वनाउने समितीको गठन भयो ।

जस्को उपाध्यक्षमा देवेन्द्र विक्रम शाही ,सचिवमा देवु वस्नेत ,सह सचिव मिन वहादुर वस्नेत कोषाध्क्षय शालीकराम गौतम र सदस्यमा पुर्णाखर सुवेदी पुर्णाखर गौतम सिता वस्नेत लगाएत रहेका छन् । चौतारो निमार्ण गर्न चार लाख अठार हजार लागेको र अव भवनको शिलन्यास यहि वैशाख १८ गते हुने स्थानीय कार्यक्रम संयोजक मिन वहादुर वस्नेतले जानकारी दिनु भयो ।

वडा सामुदायिक भवन निमार्ण गर्न का लागी अहिले सम्म करिव दुई सय चालिस जनाले आर्थिक सहयोग गरेका छन् । झन्डै चौध लाख संकलन भईसकेको छ सहयोग आउने क्रम जारी रहेको र अहिले सम्म तिर्थ राज अधिकारी यु ए ई ले तेतिस हजार तिन सय पैतिस ,चक्र सुवेदी कास्कीकोट १ ले तिस हजार तिनसय तेतिस र सानो मिन वहादुर वस्नेत ले सताइस हजार एक सय एक्काइस रुपया सहयोग गरेको र अन्य सहयोगी दाताहरुको भवन निमार्ण भए पछि शिला लेखमा राखीने वताइएको छ । दैनिक कार्यहरुको फेस वुकमा तस्वीर सहित अपडेट र सहयोगीदाताहरुको परिचय सहित सयोग रकमको फेसवसकमा पोष्ट गर्ने संयोजक वस्नेत वताउछन् ।

स्थानीय युवाहरुको पहलमा समाजीक संजालको प्रयोगले विकास निमार्ण उदारणीय वनेको छ । पछिल्लो समय चौताहरु वाटो निमार्ण कार्यले लोप हुन थालेको र पछिल्लो पुस्ताहरुले चौतारो को वारे थाहा पउादैनन्की भनेर संरक्षण गर्न को लागी पनि चौतारो पुर्न निमार्ण गरीएको निमार्ण समितीका अध्क्षय हिक्मत वहादुर वस्नेतले वताउनु भयो । गाउँमा कुनै वैठक तथा तालीमको आयोजना गर्दा ठाउँ नभएका ले सारै दुः ख भएको र एउटा सामुदायिक भवन भएमा वैठक तथा तालीमको आयोजना र समाजमा हुने सामाजीक गतीवीधी तथा आमा समुहका कार्यक्रम , भाडा र युवाहरुका खेलकुदका सामाग्री राख्न सजिलो हुने र गावीस स्तरीय कुनै कार्यक्रमको आयोजनागर्न सजिलो होस् भनेर सामुदायिक भवन निमार्ण गर्न खजिएको वुद्धि वहादुर वस्नेत वताउनुहुन्छ । यस्ता अभियान आगमाी दिनमा पनि निरन्तर संचालन गरीरहने र गावीसका अन्य ठाउँको विकास र प्रचार गर्ने संयोज वस्नेतको भनाई छ ।

कमेन्टहरु
Loading...