इन्जिनियरिङ क्याम्पस क्रान्तिकारीमा गौतम

पोखरा, २१ असार /इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमा अखिल (क्रान्तिकारी) को २६ औं इकाइ सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले शंकर गौतमको अध्यक्षतामा ५५ सदस्यीय इकाइ समिति निर्वाचित गरेको छ । सम्मेलनले मन्दीप तिमिल्सिनालाई इन्चार्ज तोकेको छ ।

इकाइ उपाध्यक्षमा सुजन रेग्मी, दीपक डांगी र राधा गौतम, सचिवमा कृष्ण दाहाल, सहसचिवमा सुदीप सुवेदी, सुदीपबहादुर घिमिरे रअशोक कुमार सिंह र कोषाध्यक्षमा कुन्दनकुमार महतो निर्वाचित भएका छन् ।

सम्मलेनको सोमबार नेकपा (माओवादी केन्द्र) का नेता एवं अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले उद्घाटन गरेका थिए ।

कमेन्टहरु
Loading...