आर्थिक अधिकार नहुँदा समस्या –एकल महिला

पोखरा, २४ चैत्र /एकल महिलाइ पर्याप्त आर्थिक अधिकार नहुँदा समस्या भोग्नुपरेको पोखरामा आयोजित एक कार्यक्रममा सहभागि महिलाले बताएका छन् । मानव अधिकारक लागि महिला, एकल महिला समुह पश्चिमाञ्चलले आयोजना गरेको २ दिने क्षेत्रीय कार्यशाला गोष्ठिमा सहभागि महिलाले सो कुरा बताएका हुन् ।

आर्थिक अधिकार नहुँदा समस्या –एकल महिला
आर्थिक अधिकार नहुँदा समस्या –एकल महिला

नाबालक छोराको नाममा सम्पत्ति राख्ने तर एकल महिलालाई विश्वास नगर्ने परिपाटिले व्यवसायिक रुपमा एकल महिला अघि बढ्न समस्या भएको उनीहरुले गुनासो गरेका थिए । कार्यक्रममा एकल महिला समुह गुल्मिका सचिव सिता पन्थीले शहर बजारको तुलनामा ग्रामिण भेगका एकल महिलामा सामाजिक, आर्थिक, एवं सांस्कृतिक हिंसा बढि हुने गरेको बताउनु भयो ।

त्यसै गरि म्याग्दीका अध्यक्ष विमला गौचनले एकल महिला सशक्त हुने क्रम बढ्दै गएपनि आफ्नो अधिकार पूर्ण रुपमा उपभोग गर्ने वातावरण बनिनसकेको बताउनु भयो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय कास्किका प्रमुख लक्ष्मी जि.सीले एकल महिला राहत कोष, लैगिंक हिंसा न्यूनिकरण कोष, संकटापन्न बाल उद्धार कोष, आपतकालिन कोषका बारेमा सहजीकरण गर्नु भएको थियो ।

क्षेत्रीय सचिव एवं कास्की जिल्ला अध्यक्ष प्रमिला तझ्याले एकल महिला आर्थिक रुपमा सबल हुन सके हिंसा सहेर बस्नु नपर्ने बताउनु भयो । उहाँले जिल्लाका झण्डै २ सय जना एकल महिलालाई सिपमुलक तालिम लिइ स्वरोजगार बन्न सफल भएको बताउनु भयो । समुहका क्षेत्रिय अध्यक्ष मिना पन्थिले नेपालको संविधान २०७२ को धारा ४३ मा एकल महिलाको सामाजिक सुरक्षाका विषयमा उल्लेख गरेको भन्दै एकल महिलाका आवाजहरु स्थानिय एवं राष्ट्रिय रुपमा स्थान पाउँदै जानु आन्दोलनको सकारात्मक पक्ष भएको बताउनु भयो ।

उहाँले एकल महिलालाई विचरा र सहानुभूति होइन अवसरको खाँचो भएको बताउनु भयो । कार्यक्रममा पश्चिमाञ्चलका १० जिल्लाका सहभागिहरुले जिल्लाको प्रतिवेदन पेश गरेका थिए भने भावि कार्ययोजना र उपलब्धिका बारेमा समिक्षा गरिएको समुहका जिल्ला सचिव जुना के.सीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...