घाईतेको उपचार नर्गने अस्पताल र डाक्टरको लाइसेन्स खारेजीको माग बिरोध ¥याली

पोखरा, १० वैशाख/‘सरकार ४० लाखमा मानवीय संवेदनाको शिक्षा पनि दिलाउ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरु उभिएका थिए । उनीहरुले ‘पहिले मानव अनि डाक्टर बन’, ‘तिम्रा आन्दोलन ठूलो कि घाईतेको ज्यान ?’, ‘डाक्टरको काम जीवनदान कि मृत्यु ?’, ‘उपचार नगर्ने डाक्टर हुँदैनन्’ जस्ता नाराहरु सेतो कागजमा स्पष्ट देखिन्थे ।

बिरोध स्वरुप कालो रंगको ब्यानरमा पीडाले छटपटाईरहेका घाईतेको उपचार नगर्ने संवेदनहीन मनिपाल शिक्षण अस्पताल र डाक्टरको लाइसेन्स खारेजीको माग सहित बिरोध ¥याली लेखिएको थियो ।

आईतबार साँझ मानवअधिकार चोकमा भेला भएर पोखरामा सक्रिय फेसबूक ग्रुप वी आर वान (डब्लूएओ) ले यसरी विरोध जनाएको थियो । शनिबार मुक्तिनाथ दर्शन गरेर फर्कंदा बस दुर्घटनामा परेर घाइते भएकालाई उपचार नगरेपछि युवाहरु यसरी बिरोधमा उत्रेका हुन् । मानवअधिकारचोक, चिप्लेढुंगादेखि बिपीचोक हुँदै महेन्द्रपुलसम्म ¥याली गरेका थिए ।

ग्रुपका संयोजक सूर्य तिमिल्सिनाले त्यति टाढाबाट ल्याएका गम्भिर बिरामीहरु आधा घण्टासम्म अस्पताल परिसरमा छट्पटाउँदा समेत अस्पताल र चिकित्सकले आफ्नो धर्म बिर्सिएको गुनासो गरे । ‘जस्तोसुकै आन्दोलन भएपनि आकस्मिक विपद्मा परेर ल्याईएका बिरामीलाई फर्काउनु अत्यन्त खेदजनक कार्य हो । ज्यान भन्दा ठूलो आन्दोलन हुन सक्दैन’ – उनले भने– ‘मनिपाल अस्पताल बेलाबेलामा यस्तै घटनामा मुछिने गर्छ । अस्पताल व्यवसाय मात्र होईन । मानवीय दायित्व पनि पूरा गर्नुपर्छ ।’

तीर्थयात्राको क्रममा मुक्तिनाथ बाट फर्कदै गर्दा कागबेनी नजिकै बस दुर्घटना भएको थियो । पाँच जनाको मृत्यु भएको थियो भने ३० जना घाईते भएका थिए । आधा घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि पोखरा ल्याईएको थियो ।

कमेन्टहरु
Loading...