डेभिडफल्सका कर्मचारी छाँगोमा फाल हानेर बेपत्ता

पोखरा ६ साउन /पोखराको डेभिडफल्समा हामफालेर एक जना बेपत्ता भएका छन् । डेभिडफल्समै १७ बर्षदेखि काम गर्दै आएका कर्मचारी छाँगोमा हामफालेर बेपत्ता भएका हुन् ।

पोखरा छोरेपाटनका ५४ बर्षीय दिपेन्द्र पौडेल छाँगोमा हामफालेका हुन् । उनको कपडा, पर्स र चप्पल छाँगो किनारमा भेटिएपनि उनको अबस्था अज्ञात छ । छागोमा हामफालेको कसैले नदेखेपनि प्रहरीले पानी सुकाएर खोजीकार्य जारी राखेको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणी अधिकारीका अनुसार विहान ११ बजे खबर आएपछि प्रहरी उद्धारमा लागेको बताए । क्षेत्रीय प्रहरी गण पोखराको उद्धार टोलीले खोजीकार्य जारी राखेको छ ।

डेभिडफल्सको काउण्टरमा टिकट काट्ने काम गर्दै आएका पौडेल तीन देखि विदामा थिए । उनका घरमा एक छोरा, छोरी, श्रीमति र आमा छन् । उनी किन छाँगोमा हामफाले भन्नेवारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ । फेवातालको ड्याम बन्द गरी पानी सुकाएर अहिले खोजी कार्य भैरहेको छ ।

कमेन्टहरु
Loading...