बढदो महिला हिंसा तथा जातीय बिभेदका घटनाप्रती सञ्जालको ध्यानाकर्षण

 पोखरा, ५ भदौ/केही दिन देखी पोखरामा भैरहेका महिला हिंसा तथा जातीय बिभेद सम्बन्धि बिभिन्न घटनाहरुमा नागरीक समाजको सञ्जाल तथा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रिय कार्यालय पोखरा कास्कीले गम्भिर चासो ब्यक्त गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन ।

बढदो महिला हिंसा तथा जातीय बिभेदका घटनाप्रती सञ्जालको ध्यानाकर्षण
बढदो महिला हिंसा तथा जातीय बिभेदका घटनाप्रती सञ्जालको ध्यानाकर्षण

स्याङजा पौवेगौडे माइती घर भइ पोखरा ८ बस्ने सोनम रेग्मीसँग स्याङजा किचनास गाबिसका सञ्जिबबहादुर नेपालीले प्रेम बिबाह गरेको र घर परिवारले स्विकार नगरेको अबस्थामा पोखरामा आइ बसेकामा पे्रमिका सञ्जीबबहादुरले सोनम बसेको कोठामा आइ खुकुरी प्रहारबाट हत्या गरी आफु पनि बिषसेवन गरी आत्महत्या गरेको घटनाले सञ्जालको गम्भिर ध्यानाकर्षण भएको जनाएकोछ ।

पारिवारीक सम्बन्धको अधिकार ब्यक्तीको नीजि र बैयक्तीक अधिकार रहेको अबस्थामा अन्तर्रजातीय बिबाह भएकै कारण मृत्युबरण गर्नुपर्ने अबस्थाप्रती कसरी समाजको सकारामक सोच बिकाश गर्ने भन्ने बिषय चुनौतीको रुपमा रहेको उक्त ध्यानाकर्षणपत्रमा उल्लेख गरीएको छ ।

आगामी दिनहरुमा समाजमा हुने यस प्रकारका अन्र्तरजातीय बिबाहलाइ सर्बस्विकार्य समाजीक मान्यताको रुपमा स्थापीत गर्न समाजले हरेक कोणबाट योगदान गर्नु पर्ने अबस्थामा कथित तल्लो जाती र उपल्लो जाती बीच भएको बिबाहका कारण हुने गरेको पारिवारीक हिंसाले सिंगो समाजलाइ नकारात्मक दिशातर्फ उन्मुख गराएको छ यस्को निराकरणका लागी समाजका सबै पक्ष गम्भिर हुनुपर्ने भन्दै यसप्रकारका हिंसाजन्य घटनाहरु दोहारीन नदिन तथा कास्कीको भदौरे, तामागी ,सल्यान , पोखराको बगर, लगायतका स्थानहरुमा भैरहेको जातीय हिंसाका घटनाहरुले दलित तथा गैर दलितहरु बीचको बिभेदपुर्ण ब्यबहार समेतमा सञ्जालको गम्भिर ध्यानाकर्षण भएको भन्दै सामाजीक सद्भाब र सहिष्ण्ुतालाइ बलियो बनाउन यस प्रकारको बिभेदकका घटनाहरु नगर्न नगराउन सबैमा हार्दिक अपिल गरीएको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्मिाञ्चल क्षेत्रिय संयोजक शिब खकुरेल, शान्तीका लागी नागरीक समाजको सञ्जाल संयोजक सरला कुमारी पाण्डे , गैसस महासंघका केसु भुजेल, जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समितिका अध्यक्ष ढाकाराम पौडेल,सञ्जालका पुर्ब संयोजक खगराज आचार्य, इन्सेक जिल्ला प्रतिनिधी बिष्णु अधिकारी, सयपत्री समाजका सचिब गिरधारी सुबैदी मानब अधिकार एलाएन्सका अध्यक्ष रामचन्द् पौडेल उपाध्यक्ष जानकी शर्मा पत्रकार श्यामनाथ कुँवर लगायतले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुबेदीले महिलाहत्या तथा जातीय हिंसा बढेकोप्रती सरकार संबेदनशिल रहेको छ यस्ता प्रकृतीका घटनाहरुको न्युनिकरणका लागी आबश्यक पहल गरीने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...