पोखरा नदिपुरमा रहेको बुद्धविहारमा भासियो, भवनमा क्षति

पोखरा, २३ भदौ /बुधबार परेको वर्षाका कारण पोखराको नदिपुरमा रहेको बुद्धबिहारमा भासिदा भवन जोखिममा परेको छ । राती परेको अबिरल बर्षाका कारण पुरात्वतिक महत्व बोकेको बिहार जोखिममा परेको हो ।

भवन आगडीका जमिन भासिदा भवनका दुईवटा कोठा जोखिममा रहेको बुद्धबिहार व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान गुभाजुले बताए । उनले दुईवटा कोठा निकै जोखिममा रहेको र पुजाकोठा सहित अन्य ठाउँमा पनि भवनको भित्तो चिरिएको बताए । उनले १० देखि १५ फिट सम्म चाक्लो र गहिरो पनि त्यही अनुपातमा भासिएको बताए ।

उनले पोखरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयमा खबर गरेको बताए । तर वडा सचिब बाहेक अरु केहि पनि नआएको बताए । उनले बिहीबार केहि रुपमा भासिएको भागलाई पुरेको र पालले छोपेर राखोको बताए ।

कमेन्टहरु
Loading...