स्वर्गीय राजा बीरेन्द्रको सालिक राख्न खोज्नेलाई तमुवानले कारवाही गर्ने

पोखरा, ३१ साउन/संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा राजतन्त्र व्युताउने षडयन्त्र गर्दै गणतन्त्रलाई नै चुनौति दिदै स्वर्गीय राजा बीरेन्द्रको सालिक राख्न खोज्नेलाई तमुवान संयुक्त संघर्ष समितिले कारवाही गर्ने चेतावनी दिएको छ ।

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङद्धारा जारी विज्ञप्तिमा पोखरा उपमहानगरपालिका वडा नं. १०, १५ र १८ को संगमस्थल मिलन चोकमा स्वर्गबासी श्री ५ बीरेन्द्र सालिक पुन निर्माण समितिको नाम दिदै टोलबासीको आग्रह भन्दै उक्त मिलनचोकमा स्वर्गीय राजा श्री ५ विरेन्द्रको मुर्ति स्थापना गर्ने भन्ने निर्णय अत्यन्तै खेदजनक छ उल्लेख गरिएको छ ।

जनताको बलिदानी आन्दोलनले समाप्त पारिसकेको राजसंस्थालाई व्युताउन खोज्ने षडयन्त्रकारीहरुलाई होशियारी र खबरदारी गर्दै फेरि पनि गणतन्त्र विरुद्ध यस्ता गतिविधी गरिए सशक्त कारवाही गर्न पछि नपर्ने चेतावनी दिन्छौं, विज्ञप्तिमा भनिएको छ ।

संघीयता, लोकतन्त्र, गणतन्त्रका विरुद्ध हुने चलखेलका विरुद्ध सबै संघीयता, लोकतन्त्र, गणतन्त्रपे्रमी जनसमुदाय र राजनीतिक दलहरुलाई एकतावद्ध भई प्रतिवाद गर्न आग्रह गर्नुहुदै संयोजक गुरुङले गणतन्त्र, लोकतन्त्र, र संघीयता विरुद्ध हुने गतिविधीको मुकदर्शक हुनु भनेको विगत लामो समयदेखि जनताले गरेको संघर्ष र बलिदानीको अपमान गर्नु भएकाले फेरि पनि राजाहरुको सालिक ठड्याउने जस्ता गणतन्त्र विरोधी कदमका विरुद्ध एकजुट हुन आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा उल्लेख छ, नेपाली जनताको लामो आन्दोलन, संघर्ष, बलिदानबाट मुलुकमा परिवर्तनहरु भईरहेकाछन् । तर आन्दोलनको उपलब्धिहरु संस्थागत नगरिदा प्रतिगामी चलखेलहरु भइरहेको, नेतालाई सत्ता र दलहरुलाई दलिय स्वार्थका लागि सैद्धान्तिक मुल्य, मान्यता, आदर्श तिलाञ्जली दिएको उहाँको आरोप छ ।

२०६२÷०६३ सालको संयुक्त जनआन्दोलन भाग २ को भावना अनुसार बनेको अन्तरिक संविधान २०६३ को मर्ममा प्रहार गर्दै २०७२ साल असोज ३ गते प्रतिगामी संविधान जारी गरिनुले मुलुकमा प्रतिगामीहरुले चलखेल गर्ने प्रश्रय पाएको उहाँको आरोप छ ।

कमेन्टहरु
Loading...