विप्लव माओवादीले सोमबार नेपाल बन्दको आवाहन

काठमाण्डौं, १२ जेठ /नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा सरकारले हत्या गरेको भन्दै सोमबार जेठ १३ गते नेपाल बन्दको आवाहन गरेको छ ।

महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै सरकारले भिडन्तको झुठो नाटक रचेर कार्यक्रममा हिडिरहेका घिमिरेको निर्मम हत्या गरेर भन्दै नेपाल बन्दको आवाहान गरेको जनाएका छन् ।

जनमुक्ति अभियानलाई नरोक्न समेत विप्लव समूहको सरकारलाई चेतावनी छ । विप्लवले घिमिरेको हत्या प्रकरणको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न पनि माग गरेका छन् ।

घिमिरेको हत्यालाई लिएर पार्टीले बिरोधको कार्यक्रमहरु गर्दै आएको छ । जेठ १० र ११ गते सरकार विरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रम १२ गते देशव्यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको हो ।

कमेन्टहरु
Loading...