पामे, ठुलाखेत, घाँटीछिना मोटरबाटो निमार्ण गर्न डिपिआर तयार

सागर राज तिमिल्सिना
पोखरा, १८ साउन /पोखराको बैदाम देखी फेवाताल किनार हुँदै घाँटीछिना, सिदाने सम्म पुग्ने सडकको डिपिआर सकिएको छ । गण्डकी प्रदेशले सरकारमा डिपिआर तयार गरि निर्माणका लागि आएको छ ।

गण्डकी प्रदेशको सडक ख वर्गको रहेको सडक बनाउन डिपिआर तयार गरेको हो । सरकारले यो सडक निमार्ण गर्न १ करोड बजेट छुट्याएको भवन आवास तथा शहरी विकास कार्यालय गण्डकी प्रदेशका इन्जिनियर अमरबहादुर थापाले जानकारी दिए । उनले सडक निमार्णका लागि भदौ पछि टेण्डर हुने बताए ।

सडक निमार्णका लागि साविकको जिल्ला विकास समिति जिल्ला प्राविधिक कार्यालय कास्कीले मोटरबाटो किनारामा पर्ने जग्गा तथा घर दानमा लिन सुचना प्रकासन गरिसकेको थियो ।

प्रकासित सुचना अनुसार ६ सय ३२ वटा कित्ताको जमिन र ९५ वटा घर तथा कटेरोहरु रहेका थिए । बाटोमा तत्कालीन भदौरे तामागी, चापाकोट, कास्कीकोट गाविस र पोखरा २६ सराङकोटका स्थानीयको जग्गा तथा घर पर्दछ । बैदाम पामे सडक २०४८ सालमा खुलेको भए पनि स्तरोन्नती हुन नसक्दा सहज यातायात आवागमन हुन सकेको छैन ।

बाटोलाई चाक्लो बनाउँदा स्थानीय बासिन्दाको घर जग्गा पर्ने भए पनि मुआब्जाको व्यवस्था नभएका कारण सुचना प्रकासन गरेको थियो । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षको केन्द्र फेवाताल अवलोकन र लेकसाइडको बजार विस्तारका बाटो निकै महत्वपूर्ण रहने स्थानीयको भनाई छ ।

कमेन्टहरु
Loading...