पोखरामा समायोजनको माग राख्दै भदौरे तामागी बासीको ग्यापनपत्र

पोखरा, १७ साउन/संघीय संरचनामा जाने भएपछि कास्कीमा स्थानीय तह पुनर्संरचनाको काम आगडी बढेका बेला भदौरे तामागी बासीले गाउँ पालिकामा नभइ नगरपालिकामा राख्न माग गरेका छन् ।

सोमबार जिल्ला विकास समितिमा ग्यापनपत्र बुझाउदै पोखरा उपमहानगर पालिकमा समायोजन गर्न माग गरेका हुन् । भदौरे तामागीबाट आएका जनताले आफुहरुलाई प्रस्तावीत अन्नपुर्ण गाउँपालिकाको लुम्ले केन्द पाएक नपर्ने भन्दै स्थानीय विकास अधिकारी दामोद भण्डारीलाई ग्यापनपत्र बुझाए ।

पोखरामा समायोजनको माग राख्दै भदौरे तामागी बासीको ग्यापनपत्र
पोखरामा समायोजनको माग राख्दै भदौरे तामागी बासीको ग्यापनपत्र

उनीहरुले प्रस्तावित अन्नपुर्ण गाउँपालिकामा जान भन्दा आफुहरुलाई पोखरा उपमहानगर पालिमामा नै आउने सजिलो हुने, फेवा जलाधार क्षेत्र पोखरा उपमहानगर पालिका र अन्नपुर्ण गाउँपालिकामा पर्दा विखण्डन हुने, पानीढलो कायम नहुने स्थिती हुने, पञ्चासे संरक्षण क्षेत्र विखण्डन हुने लगाएतका कारण देखाउदै पोखरा नगरपालिकामा समायोजनको माग गरेको ग्यापनपत्रमा उल्लेख छ ।

जिल्ला विकास समिति कास्कीले गठन गरेको प्राविधिक समितिले बनाएको खाकामा भदौरे तामागी अन्नपुर्ण गाउँपालिकामा परेको छ । प्रश्तावित खाका अनुसार हालसम्म भदौरे तामागी गासिवबाट सेवा लिईरहेका गाविसका नागरिकहरु अब पोखरा हुदै लुम्लेसम्म पुग्नुपर्ने बाध्यता हुन्छ । ग्यापनपत्र बुझाउन आएकी भदौरे तामागी ५ ठुलाखेतकी शान्ती पराजुलीले लुम्ले आफुहरुका लागि उपयुक्त नुहने बताइन् । उनले आफुहरुलाई आउजाको बाटो नमुल्ने र टाढा पर्ने बताइन् ।

त्यसै गरि लक्ष्मीप्रसाद भण्डारीले भदौरे तामागी, चापाकोट, ढिकुर पोखरी, कास्कीकोट मिलाएर नयाँ गाउँ पालिका बनाउनु पर्ने बताए । उनले त्यसो गर्न नसकीने भए पोखरा उपमहानगरपालिकामा नै मिलाउनु पर्ने बताए । स्थानी विकास अधिकारी दामोदर भण्डारीले अहिले सम्मको प्रारम्भीका खाका मात्रै भएको बताउदै जनताको मागलाई सम्बोधन हुने गरि गाउँ पालिका निमार्ण गर्ने बताए । ग्यापनपत्र बुझाउने कार्यक्रमा विष्णु दाहाल, सुर्य भण्डारी, तारानाथ भण्डारी, गगा भण्डारी, विष्णु प्रसाद भण्डारी लगाएतले पोखरा उपमहानगर पालिकामा नै भदौरेलाई समायोजन गर्नु पर्ने बताएका थिए ।

कमेन्टहरु
Loading...