जेठ ६ गते सोमबार बन्दको घोषणा

धादिङ, ५ जेठ /नेपाल कम्युनिष्ट पार्टी (विप्लप) ले जेठ ६ गते सोमबार धादिङ बन्दको घोषणा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै बन्द घोषणा गरेका हुन् ।

सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,‘हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार जेठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोले बन्द गरिएको हो ।’

विज्ञप्तीमा बैरेनीमा केपी ओली लगायतका नेता उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङ बन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत गरिएको छ ।

कमेन्टहरु
Loading...