बजार अनुगमनलाई अझै तिव्रता दिन वाणिज्य मन्त्री थकालीको निर्देशन

पोखरा, १९ भदौ /वाणिज्य मन्त्री रोमी गौचन थकालीले बजार अनुगमनलाई अझै तिव्रता दिनु पर्ने वताउनु भएको छ ।उहाँले कानुन बिपरीत कार्यगर्ने जोकोहीलाई पनि कडा कारवाही गर्ने निर्देशन दिनु भयो ।

तनहुँको दमौलीमा आयोजीत कार्यक्रमा सहभागी हुन आज पोखरा आउनु भएका मन्त्री थकालीले क्षेत्रीय प्रसासक गोपीनाथ मैनाली र प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीलाई सरकारको नीति र कार्यक्रमको जानकारी दिने क्रममा सो निर्देशन दिनु भएको हो ।

रोमी गौचन थकाली
रोमी गौचन थकाली

मन्त्री थकालीले अनुगमनवाट जनतालाई राहत मिल्दछ भने ब्यापारीलाई पारदसीता सहित ब्यवसायीक आचार सहिता तर्फ लैजान मद्त पुग्ने वताउनु भयो । उहाँले वाणिज्य मन्त्रालय मात्रै नभई हरेक मन्त्रालय ब्यवसाय प्रवन्द्धन गर्नमा सहयोगी हुने कुरा स्पष्ट पार्दै नेपाल वाट उत्पादीत वस्तुहरु नियात गरी ब्यापार घाटा कम गराउन पनि निजी क्षेत्रको सहयोग आवश्य रहेको वताउनु उल्लेख गर्नुभयो ।

सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रशाद मैनालीले वजार अनुगमनमा देखिएका कठीनाइका वारेमा जानकारी गराउनु भयो । हाल ध्यु, तेल,दुध दही,पानि लगाएत अन्य खाध्य वस्तुमा कडाईका साथ बजार अनुगमन गरीएको केहीलाई मुद्धा चलाई,केहीलाई ल्याप टेस्टका लागी भैरहवामा पठाईएको वताउनु भयो ।

यसै गरी तीज पर्वको उपलक्ष्यमा नेपाल महिला संघ तनहुँ द्धारा आयोजीत कार्यक्रमा बोल्दै मन्त्री थकालीले महिला अधिकारलाई कानुनमा लेखेर मात्र नभई ब्यावाहारमा लागु गर्न पर्ने कुरामा जोड दिनु भयो । जातीय अधिकार आरक्षणको वारेमा बोल्दै मन्त्री थकालीले जात भन्दा पनि पिछडिएको वर्गलाई संरक्षण आवश्यक गर्नु पर्ने वताउनु भयो ।

नेपाली काग्रेस तनहुँद्धारा आयोजीत स्वागत तथा सम्मान कार्यक्रमा बोल्दै काग्रेस नेता समेत सहनु भएका मन्त्री थकालीले नेपाली काग्रेसको वलनै काग्रेस कार्यकर्ताको हातमा रहेको वताउनु भयो । मन्त्री थकालीले कार्यकर्ताको कामलाई प्रार्थमीकता राखि काम गर्ने वताउदै जुन सुकै समयमा कार्यकर्ता माझ उपलब्ध हुने धारणा राख्नु भयो ।उहाँले भन्नु भयो गाँउ वाट आएका खुट्टा फुटेका र हात चिरीएका कार्यकर्ता आफ्ना लागि प्रेरणा र राजनितीक प्रेरणाको सो्रत भएको वताउनु भयो ।

कमेन्टहरु
Loading...