आत्मानन्दलाई १ लाख ११ हजारको पुरस्कार

पोखरा, १९ भदौ / गलेश्वर पिठ देवघाट पीठाधीस स्वामि श्री आत्मानन्द गिरीजी महाराज १ लाख ११ हजार १

सय ११ रुपैयाँले पुरस्कृत गरिएको छ । विध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले हेमदेवी धर्म, संस्कृति तथा

समाजसेवा पुरस्कारद्वारा आइतबार उनलाई सम्मान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नगद, सम्मानपत्र र दोसल्लाले उनलाई

पुरस्कृत गरे । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष, उद्योगपति तथा समाजसेवी

हेमवहादुर प्रधानद्वारा स्थापित १५ लाख रुपैयाँको अक्षयकोष मार्फत यो पुरस्कार प्रदान गरिएको हो । यसअघि

यो संस्कृतिविद सत्यमोहन जोशीलाई यो पुरस्कार अर्पण गरिएको थियो ।

विकास समितिले धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई

सम्मानित प्रत्येक २ वर्षमा यो सम्मान अर्पण गर्छ । आत्मानन्द गिरीजीलाई सम्मान अर्पण गर्दै पर्यटनमन्त्री

अधिकारीले सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको बताउँदै त्यसका लागि धार्मिक

क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने बताए ।

बिमस्टेक सम्मेलनका क्रममा नेपाल आएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुका कारण पनि

नेपालमा अझ धार्मिक पर्यटनलाई बढवा दिएको उनको भनाइ थियो । पर्यटनमन्त्री अधिकारीले मन्दिर

व्यवस्थापनको क्षेत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति उदाहरणीय बनेको बताए । ‘जसरी

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास विकास समितिले यहाँको व्यवस्थापन गरेको छ, त्यसबाट अरुले पनि

सिक्न जरुरी छ,’ उनले भने ।

सम्मानित व्यक्तित्व परमहंस शिरोमणि अनन्त श्री विभुषित महामण्डलेश्र स्वामी आत्मानन्द गिरीजी

महाराजले आजीवन यो सम्मानको मर्यादा राख्ने बताए । जीवनमा सफलता प्राप्त गर्न दैवी प्रेरणा, कर्म

सत्संकल्प र कर्म आवश्यक रहेको बताउँदै उनले आफू सँधै धर्म, संस्कृतिको माध्यम मानव कल्याणमा

लागिरहने बताए ।

समितिका अध्यक्ष गणेशवहादुर श्रेष्ठले समितिले मन्दिरको व्यवस्थापनदेखि सामाजिक सेवासम्म विभिन्न

काम गर्दै आएको बताए । वरिष्ठ संस्कृतिविद् प्राडा जगमान गुरुङले नेपाली सस्कृतिको केन्द्रविन्दु गण्डकी

प्रदेश रहेको बताए । उनले धर्म, संस्कृति र संस्कारबिना मान्छेको जीवन सार्थक नहुने उनको भनाइ थियो ।

पुरस्कारका संस्थापक हेमबहादुर प्रधानले धर्म, संस्कृति र समाज सेवाको क्षेत्रमा आफ्नो विषेश अभिरुची

भएकोले अक्षयकोष स्थापना गरेको बताए । सोही अवसरमा हेमबहादुर प्रधानवाट लिखित जन्मभूमीदेखि

कर्मभूमिसम्म नामक पुस्तकको स्वामी आत्मानन्द र स्वामी निशेषान्दले लोकार्पण गरेका थिए । विकास

समितिका सचिव तीर्थ श्रेष्ठले हाल सञ्चालित गतिविधि तथा भावी योजनाबारे जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...